Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सडक बत्तीसँगै उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै

काठमाडौं । तीनकुने बस्दै आएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको उनको अनुभव छ । सोही चोकमा ट्राफिक बत्ती जडान भएसँगै सडक वारपार गर्न सहज भएको उनले सुनाइन् । आफूमात्रै नभएर सन्तान समेत ‘डिस्प्ले’ मा हेरेर यति समय बाँकी छ भन्दै वारपार गर्न थालेको खड्काले बताए । उनले भनिन्, “अहिले छोराछोरी मात्रै पठाउँदा पनि चिन्ता लाग्दैन ।”

काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै खड्काजस्तै धेरै पैदलयात्रुलाई सडक पार गर्न सजिलो भएको छ । ‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछामछाड गरेर अघि बढ्दा पैदलयात्रुलाई ठक्कर दिने घटना कम हुँदै गएको छ । ट्राफिकले चोकमा हातको इसारामा सवारीसाधन नियन्त्रण गर्दै आएकामा अहिले त्यो काम बत्तीले गर्न थालेको छ ।

चालकले पनि पैदलयात्रुले जथाभावी सडक पार गर्दा सवारी चलाउन कठिन भएको गुनासो गर्दै आएका थिए । दुई दशकदेखि ट्याक्सी चलाउँदै आएका श्याम तामाङ ट्राफिक बत्तीले पैदलयात्रु र चालकको व्यवहारमा परिवर्तन आउन थालेको बताए । जेब्राक्रसिङ नजिकै भए पनि त्यहाँबाट नभएर यात्रु आफूलाई पायकपर्ने ठाउँबाटै सडक पार गर्दै आएको उनको भनाइ थियो । जेब्राक्रसिङबाट समूहमा नभएर एक्लाएक्लै पार गर्दा सवारीसाधन चलाउनै कठिन हुने चालकको भनाइ छ । बत्ती भएका चोकमा हरियो बल्दा यात्रु छन् कि भनी नडराई चलाउन सकिएको तामाङको भनाइ थियो । उनले भने, “अझै पनि मान्छेहरुमा बानी भने राम्रोसँग परिसकेको देखिँदैन ।”

उपत्यकामा केही चोकमा मात्रै सडक बत्ती भएको र भएका स्थानमा समेत काम नगरेपछि सरकारले केही महिना पहिलेदेखि बत्ती जडान र भएका बत्तीको मर्मत शुरु गरेको थियो । अहिले कतिपय स्थानमा जडान भइसकेको र कतिपय चोकमा जडान हुने क्रममा रहेको प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले जानकारी द्रिए । चोक तथा जेब्राक्रसिङमा अहिलेसम्म १२ स्थानमा बत्ती जडान भइसकेको छ । तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सिंहदरबार, बागबजार, पद्मोदयमोड र ललितपुरको महापाल चोकमा बत्ती जडान भएर प्रयोगमा आइसकेको छ । भक्तपुरको ठिमी र सूर्यविनायक चोकमा जडान भइसकेको छ ।  

भक्तपुरका तीन स्थान, ललितपुर र काठमाडौँका आवश्यक स्थानमा बत्ती विस्तार गरिने थपलियाले जानकारी दिए । दोस्रो चरणमा भक्तपुरको गठ्ठाघर, कौशलटार र सल्लाघारीमा बत्ती जडान हुनेछ । काठमाडौँको नयाँ सडक, पुतलीसडक, सोल्टीमोड, शिक्षण अस्पताललगायतका स्थानमा जडानको तयारी भएको छ । दुई दशक पहिले जडान भएर पनि सञ्चालनमा नआएको थापाथली, माइतीघर, कोटेश्वलगायतका स्थानमा मर्मतको तयारी शुरु गरिएको छ ।

कुनै एउटा बत्ती बल्दा बढीमा ९९ सेकेण्ड र घटीमा १६ सेकेण्डसम्म बल्नेछ । कुन समयमा कतातर्फ जाने सवारीसाधनको चाप बढी हुन्छ भन्ने आधारमा बत्तीको समय निर्धारण गरिएको छ । तीनतीन घण्टाको अवधिमा बत्तीको समयावधि परिवर्तन हुनेछ । बिहान नौ देखि १२, १२ देखि तीन र तीनदेखि साँझ ६ बजेसम्म फरक फरक अवधि राखिएको छ । बिहानमा सिंहदरबारलगायतका भित्री भागमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र अपराह्नपछि भित्री भागबाट बाहिरिनेको सङ्ख्या बढी हुन्छ । उनले भने, “नयाँ बानेश्वर चोकमा बिहानमा बबरमहलतर्फ आउने सवारीसाधन बढी हुन्छ भने अपराह्नपछि बानेश्वरबाट तीनकुनेतर्फ जाने बढी हुन्छ ।”

सडक बत्तीले सडक प्रयोगकर्तालाई सहज बनाएको भए पनि उनीहरुको व्यवहारमा परिवर्तन आउन बाँकी रहेको थपलियाले बताए । पहिले चोकका बीचमा बसेर हातले इसारा गर्ने ट्राफिक प्रहरी हिजोआज जेब्राक्रसिङमा बसेर यात्रुलाई बत्तीको बारेमा बुझाइरहेको देख्न सकिन्छ ।

उपत्यकामा विसं २०२७÷२८ तिर दरबारमार्गमा पहिलो ट्राफिक बत्ती शुरु भएको बताइन्छ । त्यसपछि विसं २०५८ मा जापान सरकारको सहयोगमा विभिन्न चोकमा जडान भएका थिए । तीमध्ये कुनै पनि अहिले काम गर्ने हालतका छैनन् । ललितपुर महानगरपालिकाले गत वर्ष पुल्चोक चोकमा नागरिक–निजी साझेदारी ९पिपिपी० मोडलबाट उक्त कार्यक्रम शुरु गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies