Khabar Dabali Logo
  February 28, Fri

डोटीको तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइयो

डोटी । प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो ।

सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ । प्रहरीले गोठ भए नभएको अवस्थाका बारेमा अनुगमनसमेत गरिरहेको छ ।

अनुगमनका क्रममा ती तीन गाउँपालिकामा मात्रै ११३ छाउपडी गोठ रहेको जनाइएको छ । उनले भने, “तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ ।” गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरिएको छ ।

अभियानमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ । जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

माघ ७ गते, २०७६ - १४:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थप्दै

काठमाडौं । सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष...   
सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्‍न : मन्‍त्री अर्याल

सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्‍न : मन्‍त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न...   

हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

न्यूयोर्क । अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर...   

कोरोनाको त्रासः जापानमा विद्यालयहरु बन्द, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो । प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द...   

श्रीलङ्काले एमसीसी सम्झौता नगर्ने

काठमाडौँ । श्रीलङ्काकाे मन्त्रिपरिषद बैठकले विद्यमान अवस्थामा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’...   

कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका...   

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउँदै

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता...   

राष्ट्रिय सभामा एउटा सिट बाँकी छ, त्यहा बामदेव गौतमनै जानुहुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडाै‌ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा...   

सुनको भाउ ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५००...   

प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब, वामदेवको मनोनयनपछि मात्र खतिवडाबारे सोच्नूस्

काठमाडाै‌ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top