Khabar Dabali Logo
  March 30, Mon

‘ए’ डिभिजन लिग : सातौँ चरणका खेल शुक्रबारदेखि

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल अपराह्न ३ः०० बजेपछि शुरु हुनेछ ।

मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ । यसअघि खेलेको छैटौँ खेलसम्म मछिन्द्रले अपराजित रहेर १३ अङ्क जोडेको छ । मछिन्द्रले चार खेलमा जीत तथा दुई खेलमा बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा छ । १३ औँ स्थानको शेर्पाले छ खेलमा दुई हार र चार बराबरीसहित चार अङ्क जोडेको छ ।

त्यसैगरी समान १३ अङ्क नै जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ भने साविक विजेता मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छ । मनाङ्को १२ अङ्क छ । छैटौँ चरणको खेल समाप्तिसँगै १० अङ्क जोडेको थ्रिस्टार क्लब चौथो, नौ अङ्क जोडेको जाउलाखेल क्लब पाँचौँ, आठ अङ्क जाडेको न्यूरोड टिम (एनआरटी) छैटौँ, समान आठ अङ्क नै जोडेको नेपाल पुलिस क्लब सातौँ तथा आठ अङ्क नै रहेको सङ्कटा क्लब गोलअन्तरका आधारमा आठौँ स्थानमा छ ।

त्यस्तै सात अङ्कका साथ व्रिगेड व्वाइज क्लब नवौँ, छ अङ्कका साथ च्यासल युथ क्लब दशौँ, पाँच अङ्क रहेको सशस्त्र प्रहरी बल (एपिएफ) एघारौँ, समान पाँच अङ्क नै जोडेको फ्रेण्डस क्लब बाह्रौँ स्थानमा छ भने हिमालयन शेर्पा तेह्रौँ स्थानमा छ । जारी लिगमा एक अङ्क मात्र जोडेको सरस्वती युवा क्लब अन्तिम स्थानमा छ ।

माघ २ गते, २०७६ - १३:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : डा. खतिवडा

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई...   
प्रधानमन्त्री ओलीलाई भारतबाट नेपाली मजदुर र विद्यार्थीकोको यस्तो पत्र

प्रधानमन्त्री ओलीलाई भारतबाट नेपाली मजदुर र विद्यार्थीकोको यस्तो पत्र

काठमाडौं । दार्चुला पारि भारतीय क्षेत्र धार्चुलामा फसिरहेका र स्वदेश फर्कन खोजिरहेका नेपालीहरूलाई...   

गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने

कास्की । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित...   

भारतमा कोरानाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

एजेन्सी । भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ । सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम...   

यो महामारीका बेला मेरो चरित्र हत्या गर्न खोजियो – स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका...   

ललितपुरको भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

ललितपुर । वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई...   

वीर अस्पतालमा कोरोनाको आशंका गरिएका दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीको मृत्यु भएको...   

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको...   

१५ जना कैदी कैद किनेर छुटे

चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको...   

विदेशबाट फर्कनेलाई विमानस्थलमा जाँच नगरिँदा यस्तो समस्या आएको गुनासो प्रचारमा छ, यसबारे मन्त्री ज्ञवाली के भन्छन् ?(अन्तर्वार्तासहित)

काठमाडौं । विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top