Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रेरक प्रशंङ्ग : शत्रुलाई पनि मित्र कसरी बनाउने ?

काठमाडाैं । एक राजाको सपनामा एक साधुले भने– महाराज, अमुक स्थानको रूखको टोड्कामा बस्ने एउटा सर्पले अघिल्लो जन्मको बदला लिन भोलि राति तपाईंलाई डस्नेछ । सावधान रहनुहोला । बिहान बिउँझिएपछि राजा आफूलाई कसरी बचाउने भन्ने विषयमा सोचमग्न भए । सोच्दासोच्दै उनी मिठो व्यवहारबाट शत्रुको मन जित्ने सोचमा पुगे ।

रात पर्दानपर्दै राजाले सन्तले भनेको रूखदेखि आफ्नो बिछ्यौनासम्मको मार्गलाई फूलैफूलले सजाउन लगाए । सुगन्धित जल छर्केर वरिपरिको वातावरणलाई सुवासित गराए । ठाउँठाउँमा मिठो दूधका कचौरा राख्न लगाए । साथै, उनले आफ्ना सेवकलाई रातको समयमा सर्प रूखबाट निस्केर दरबारतिर आउँदा कहीँ पनि कुनै प्रकारको बाधा नपुर्‍याउन आदेश दिए ।

राति सर्प रूखको टोड्काबाट बाहिर निस्केर दरबारतिर लाग्यो । बाटामा आफ्नो स्वागतमा गरिएको व्यवस्थाबाट ऊ दंग पर्दै अघि बढ्यो । बाटामा बास्नादार फूलमा घस्रिँदै, मिठो दूध पान गर्दै अघि बढ्दै जाँदा उसको क्रोध क्रमशः कम हुँदै गयो । ऊ निकै प्रसन्न हुँदै अघि बढ्यो । दरबारमा पुग्दा पनि उसलाई कसैले रोकटोक गरेन । ढोकामा द्वारपाल भए पनि तिनले ससम्मान उसलाई भित्र प्रवेश गर्न दिए । कसैले पनि उसलाई अलिकति पनि हानि पुर्‍याएन ।

राजाको सद्व्यवहारले सर्पलाई मन्त्रमुग्ध बनायो । सर्पको मनमा राजाप्रति कायम शत्रुताको स्थानमा उनीप्रति असीम स्नेह पैदा भयो । उसमा अब राजालाई डसूँ कि नडसूँ भन्ने द्विविधा उत्पन्न भयो । राजा सुतिरहेको पलङसम्म पुग्दा सर्पको मनोभाव पूरै परिवर्तन भइसकेको थियो ।

उसले राजालाई भन्यो— महाराज, म तिमीलाई डसेर पूर्वजन्मको बदला लिन आएको हुँ । तर, तिमीले ममाथि देखाएको स्नेहभावले गर्दा अब म तिम्रो शत्रु होइन, मित्र बनेको छु । म मित्रताको चिनोस्वरूप आफ्नो मणि तिमीलाई दिन चाहन्छु । यसलाई स्वीकार गर । यति भनेर सो सर्प नागमणि राजालाई दिएर आफ्नो वासस्थानतिर फर्कियो । नयाँ पत्रिकाबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies