Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अमेरिका र इरानबीच तनाव बढ्दा दक्षिण एसियामा कस्तो प्रभाव ?

काठमाडौं । अमेरिकी सेनाद्वारा इरानका जनरल कासिम सुलेमानीको हत्या गरेसँगै इरान र अमेरिकाबीच तनाव ह्वात्तै बढेको छ । यस्तोमा यसको असर विश्वका बाँकी देशमाथि पनि देखिन थालेको छ । अमेरिका र इरानबीचको तनावको असर दक्षिणी एशियाली देशमा पनि देखिन थालेकाे हाे । कारण दक्षिण एसियाली देश केहि हदसम्म मध्य पूर्वी एशियासँग निर्भर छ ।

यदि यस क्षेत्रमा तनाब बढ्यो भने यसको असर तेल आयातमा देखिनेछ । जसको कारण दक्षिण एशियाका देशहरुमा सिधा प्रभाव पर्नेछ । हामीले अमेरिका र इरानबीचको बढ्दो तनाबले दक्षिण एसियामा पार्ने प्रभावलाई केलाएका छौं ।

विकासको गतिमा नै असर

भारतीय सरकारी तथ्यांकअनुसार भारतले आफुँलाई आवश्यक पर्ने कच्चा तेलको ८४ प्रतिशत तेल इरानबाट आयात गर्दछ । यस प्रकार भारतमा आयात भएको तेल नै दक्षिण एसियाका अन्य देशमा वितरण हुन्छ । नेपाल पनि तेलमा भारतसँग निर्भर छ । यदि अमेरिका र इरानका बीच तनाव यसै गरि बढिरहेको खण्डमा त्यसको असर तेलको आयात र मुल्यमा देखिनेछ । जसको सिधा प्रभाव पुरै दक्षिण एसियाकाे अर्थतन्त्रमा देखिनेछ ।

अमेरिका र इरानबीचको तनाव विकसित भएर युद्धको रुप लियो भने तेलको आयातमा पुरै बन्द पनि हुनसक्नेछ । या तेलको मुल्य आकाशिन सक्नेछ । यसको सिधा प्रभाव दक्षिण एसियाभर उपभोग्य वस्तुको मुल्य बढ्ने् र दक्षिण एसियाभर विकासका कार्यक्रम नै प्रभावित हुन सक्ने सम्भावना रहन्छ । विकासका गतिविधिमा असर परेसँगै यसको सिधा प्रभाव अर्थव्यवस्थामाथि नै पर्नेछ ।

वित्तिय घाटा बढ्न सक्छ

अमेरिका र इरानबीच तनाब जारी रहे, तेलको मुल्यमा क्रमशः बढोत्तरी हुनेछ । यसको परिणाम तेलको लागि ज्यादा मुल्य तिर्नुपर्नेछ । जसको कारण सरकारको वित्तिय घाटा बढ्न सक्नेछ । जनाइएअनुसार दक्षिण एसियामा तेल आयात गर्न इरान नै सबैभन्दा सजिलो विकल्प हो । भारतको लागि त तेलको मुख्य इरान तत्कालै निर्विकल्प देश हो ।

भारतमै तेलको व्यवस्थापन गर्न गाह्रो

भारतीय सरकारी तथ्यांक अनुसार भारतले गएको मार्चसम्म इरानबाहेकका देशबाट जम्मा १० प्रतिशत तेल आयात गरेको थियो । जब इरानले अमेरिकी ड्रोनमाथि आक्रमण गर्यो त्यससमयदेखि दुई देशबीच तनाब उच्च छ । जसको सिधा प्रभाव तेल बजारमा देखिएको छ । सामान्य तनाब बढेसँगै त्यसको सिधा प्रभावको रुपमा भारतमा ८ देखि १० प्रतिशत मूल्यमा बढोत्तरी आएको थियो ।

अहिले भारतको साथमा तत्काल प्रयोग गर्नको लागि रिजर्बको रुपमा ३.९१ करोड बैरल तेल मौजुदा छ । तर त्यो तेलले जम्मा ९.५ दिनसम्म मात्रै पुग्छ । जनाइएअनुसार चीनले करिब ५५ करोड बैरल तेलको भण्डार गरेको छ । अमेरिकाले ६४.५ करोड ब्यारेल तेल भण्डार गरि सुरक्षित राखेको छ ।

तेलको मूल्य बृद्धिसँगै महंगाई बढ्ने

यदि इरानबाट भारतलगायतका दक्षिण एसियाली देशमा तेलको आयातमा कमी आएको खण्डमा त्यसको सिधा असर नागरिकको दैनिकीमाथि हुनेछ । तेलको आयातमा कमी आएसँगै तेलको मुल्यमा पनि बढोत्तरी हुनेछ । जसको परिणाम दैनिक उपभोग्य वस्तुको मुल्यमा पर्नेछ । जसको सिधा प्रभाव दक्षिण एसियाभर महंगाई बढ्नेछ ।

क्रमश: दक्षिण एसियाली देशहरुकाे अर्थव्यवस्था जटिल हुन पुग्नेछ । आक्रामक रुपमा अगाडि बढिरहेको भारतीय अर्थव्यवस्थामा ठूलो धक्का लाग्नेछ । पुरै दक्षिण एशियाभर महंगाई बढेसँगै बेरोजगारीको संख्या पनि बढ्नेछ । जसको प्रभाव बैंकिङ्गलगायतका क्षेत्रमा तुरुन्तै देखिनेछ ।

हवाईको भाडादर बढ्न सक्छ

दक्षिण एसियाली देशहरुले मूख्यतः युरोपियन देश जानको लागि इरानी हवाई क्षेत्रको प्रयोग गर्ने गर्दछन् । अमेरिका र इरानबीचको तनाब बढेसँगै उनिहरुको लागि सो क्षेत्र जोखिमपूर्ण हुनेछ । जसको कारण दक्षिण एसियाली देशहरुले आफ्नो हवाई बाटो नै परिवर्तन गर्नुपर्नेछ । यसअघि पनि जुन २०१९ मा अमेरिका र इरानबीच तनाब बढ्दै गर्दा दक्षिण एसियाली देशहरुले आफ्नो हवाइ उडानकाे बाटो परिर्वतन गरेका थिए । जसको सिधा प्रभाव हवाई भाडामा परेको थियो ।

(एजेन्सीको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies