भोजपुर । भोजपुरका रामप्रसादराई गाउँपालिका वडा नं.४ दलगाउँका ३५ बर्षिय लोक बहादुर खत्री यतिबेला हस्पिटलको बेडमा छटपटाईं रहेका छन् । पिता लाल बहादुर खत्री र माता हिराकुमारी खत्रीको माइलो छोरा खत्री पेटको रोगले आक्रान्त बनी भोजपुर, धरान, विराटनगर हस्पिटल हुँदै अहिले काठमाडौ के.एम.सी. सिनामंगल हस्पिटलकाे बेड नं.४२६ मा छट्पटाई रहेका छन्।
बाल्यकालमै बुबा गुमाई टुहुरो बनेका लोक बहादुर आमाको साथमा कक्षा ५ सम्म दलगाउँमा अध्ययन गरी आर्थिक अवस्थाका कारण पढाईलाई बिट मार्दै केही वर्ष अघि बैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए । खत्री मलेशिया गएको डेढ वर्षमै काम गर्ने क्रममा सात तलाबाट लडेर सख्त घाइते भई पेट तथा भाचिएको खुट्टा समेतको अप्रेशन गरी खुट्टामा स्टिल लगाएर अपाङ्ग शरिर घिसार्दै नेपाल फर्किएका छन् ।
खत्री यतिबेला पेटको बिरामले सिकिस्त भएका छन् । ६ वर्ष र १३ वर्षका छोराछोरीका बाबु खत्रीको घरको स्थिति एकदमै दहनीय भएका कारण उपचार गर्न कठिनाई भएकाले सबै सँग सकेको सहयोग माग गरिरहेका छन् ।
भाइको जीवन बचाई दिनका लागि खत्रीका दाई कुलबहादुर यतिबेला सबै सँग अनुनय विनय गरिरहेका छन्।
उनकाे उपचारका लागि अहिलेसम्म जम्मा रकम २ लाख ७५ हजार खर्च भई सकेको छ । तर अझै ३ लाख जति लाग्ने भन्ने हस्पिटले बताएको हुँदा सबै सहयोगी मनहरुलाई सकेको सहयोग गर्नको लागि बिरामीको दाजु कुल बहादुर खत्रीले अपिल गरेका छन् । सहयाेग गर्नकालागि बिरामीको दाजु कुल बहादुर खत्रीकाे नाममा रहेको वाणिज्य बैंक भोजपुर शाखाको खाता नं. २०४००२०४३७१० मा रकम जम्मा गरी तथा ९८४३९५६३३१, ९८४२२७२७५२ मा सम्पर्क गरी सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरेका छन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: