Khabar Dabali Logo
  February 27, Thu

माेदी सरकारको विरोध गर्दा टेलिभिजन शोबाट निकालिए अभिनेता सुशान्त

काठमाडौं । भारतीय चर्चित अभिनेता एंव टेलिभिजन प्रस्तोता सुशान्त सिंह चर्चित टेलिभिजन शो ‘सावधान इण्डिया’बाट निकालिएका छन् । सामाजिक सञ्जाल ट्विटमार्फत सुशान्तले आफुँ टेलिभिजन शोबाट निकालिएको जनाएका हुन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नरेन्द्र मोदी नेतृत्वको सरकारले हालै जारी गरेको नागरिकता विधेयकको विरोधमा उत्रिएका सुशान्त सिंहलाई टेलिभिजनले निकालेको हो । स्टार भारत च्यानलबाट प्रशारित हुने उक्त शो सुशांतले सन् २०११ देखि होस्ट गर्दै आईरहेका थिए ।

केहि दिनअघि मात्रै सुशान्त नागरिकता विधेयकको विरोधमा भएको आन्दोलनमा सहभागि भएका थिए । उनले सामाजिक सञ्जालमार्फत नागरिकता विधेयकको विरोधमा भएको आन्दोलनमा सरकारले गरेको दमनप्रति निन्दा व्यक्त गरेका थिए ।

सुशान्तले सामाजिक सञ्जाल ट्विटमार्फत शुभचिन्तकको प्रश्नको जवाफ दिँदै आफुँ शोबाट निकालिनु ठूलो कुरा नभएको बताएका छन् । एक शुभचिन्तक व्यत्तिकाे ट्विटको जवाफमा उनले लेखेका छन्, ‘यो सामान्य सजायँ हो साथी । भगत सिंह, सुखदेव र राजगुरुलाई जवाफ कसरी दिने ?’

भारतीय सञ्चार माध्यमका अनुसार नागरिकता विधेयकको विरोध नगर्नका लागि सरकारले चर्चित फिल्मकर्मीहरु र चर्चित सामाजिक हस्तीहरुलाई चेतावनीपूर्ण रुपमै आग्रह गरेको थियो । सरकारको विरोध चर्किन सक्ने भन्दै कलाकारलाई नागरिकता विधेयकको विषयमा नबोल्न आग्रह गरिएकाे थियो ।

तर, केहि कलाकारहरुले सरकारको शैलीको कडा विरोध जनाएका छन् । साेनम कपुर, ऋचा चड्ढा, तापसी पन्नू, अभिनव सिन्हालगायतका केहि हस्तीहरुले सरकारी शैलीको कडा विरोध गरेका छन् ।

गत आइतबार जामिया मिलिया इस्लामियामा नागरिकता संशोधन कानून (सीएए)को विरोधमा भएको प्रदर्शनमा दिल्ली पुलिसले विद्यार्थीमाथि अत्यन्तै अमानविय व्यवहार गरेको थियो । दिल्ली पुलिसको बल प्रयोगबाट दर्जनौं विद्यार्थी गम्भिर घाइते भएका थिए । जसको भारतभर निकै विरोध भईरहेको छ । केहि चर्चित हस्तिहरुले सरकारको रवैयाप्रति निन्दा व्यक्त गरेका छन् ।

पुस ३ गते, २०७६ - १२:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेलिकमको टावर ढल्दा तीन घाइते

टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल...   

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडाैं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले...   

अहिलेको विवादबाट तर्सिनुपर्ने अवस्था छैन्, हामी छिट्टै समाधान निकाल्छौं : प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने...   
आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

काठमाडौं । आन्तरिक बबण्डर मच्चिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश स्तरीय...   

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –‘मन्त्री नै नभएको मैले कसरी निर्णय गरे ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   

नागरिकता विधेयक छिटो पारित गर्न लालबाबुको आग्रह

काठमाडौं । सत्तारुढ नेकपाका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न...   
पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला किन भेटे ओलीले कांग्रेस नेतालाई ?

पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला किन भेटे ओलीले कांग्रेस नेतालाई ?

काठमाडौं । पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपि शर्मा...   

यसरी गिर्दैछ ओलीको साख, यी हुन् साख गिराउने ९ काण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ०७२ असोज २४ मा नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा पहिलो पटक...   
प्रचण्डलाई कमजोर बनाउन ओलीले चलाएको ‘बामदेव प्रकरण’

प्रचण्डलाई कमजोर बनाउन ओलीले चलाएको ‘बामदेव प्रकरण’

काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफारिस गर्ने...   
वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मत हो, हेरफेर हुँदैन् : महासचिव पौडेल

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मत हो, हेरफेर हुँदैन् : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बामदेव गौतमलाई राष्ट्रिय सभा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top