Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

टेलिकमको एफटिटिएच सेवा २५ जिल्लासम्म विस्तार

काठमाडाैं । नेपाल टेलिकमले डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने फाइबर टू द होम (एफटिटिएच) सेवा देशका विभिन्न स्थानमा थप गरेको छ । काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटिटिएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

काठमाडौंमा कीर्तिपुर कार्यालयअन्तर्गत भत्केको पाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्यांलाफाँट क्षेत्रमा यो सेवा सञ्चालन भइरहेको छ । 

त्यसैगरी, कम्पनीले गोंगबु कार्यालयअन्तर्गत चमती, गोंगबु चोक रिङरोड, खुसिबु टाउन प्लानिङ, नयाँ बजार र वसुन्धरा क्षेत्रमा सेवा वितरण गरिरहेको छ । नक्साल एक्सचेन्जअन्तर्गत पुतलीसडकमा कुमारी बैंकको विपरीत क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पीपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटिटिएच सेवा उपलब्ध छ । 

छाउनी कार्यालयअन्तर्गत कालीमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकापअन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुंगेअड्डा तथा ढुंगेअड्डादेखि तीनथाना क्षेत्रमा यो सेवा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । त्यस्तै, सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, बागदरबार र टेकु तथा हात्तीगौँडाअन्तर्गत वसुन्धरा, महाराजगन्ज, भाटभटेनी सुपरमार्केटनजिक, सुकेधारा र धुम्बाराहीनजिक क्षेत्रमा यो सेवा उपलब्ध छ । 

बबरमहल कार्यालयअन्तर्गत अल्फा बिटानजिक, बिआइसिसीको उत्तर, ह्वाइट हाउसनजिक र भेनस हस्पिटलको विपरीत क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी, ठिमीअन्तर्गत नमुना चोक, सनराइज चोक, काँडाघारी चोकनजिक र सनसिटी तथा चाबहिलमा कार्यालय नजिकको क्षेत्रमा यो सेवा उपलब्ध छ । 

ललितपुरमा सैंबु, पाटन र ठैब कार्यालयबाट एफटिटिएच सेवा वितरण भइरहेको छ भने भक्तपुरमा भक्तपुर र ठिमी कार्यालयले एफटिटिएच सेवा उपलब्ध गराइरहेका छन् । काभ्रेको बनेपा कार्यालयनजिक यो सेवा उपलब्ध छ ।

कास्कीको पोखरा तथा पार्दी क्षेत्रमा तथा रुपन्देहीको भैरहवा र बुटवलका केही क्षेत्रमा यो सेवा उपलब्ध छ । दाङको घोराही, बाग्लुङको बाग्लुङ बजार, बाँकेको नेपालगन्ज, धम्बोझी क्षेत्र, राँझा एयरपोर्ट क्षेत्रमा उपलब्ध एफटिटिएच सेवा चितवनको सौराहा र बछौली चोक, भरतपुर क्षेत्र, टाँडी चोक, प्रहरी कार्यालय र दूरसञ्चार मोडमा पनि प्रयोग गर्न सकिन्छ । मकवानपुरको बस्तीपुर, हेटौँडा टेलिकम कार्यालयनजिकको क्षेत्र, बुद्धचोक, ओमभवन र चौकीटोल ओरालोमा यो सेवा उपलब्ध छ । 

मोरङको विराटनगरस्थित जलजला चोक, धनकुटाको त्रिवेणी चोक र हाइवे, धनुषाको जनकपुरस्थित शिवचोक, भानुचोक, महावीर चोक, मुरली चोक र प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालय क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । झापाको दमकस्थित नाइट बस स्टप र बिर्तामोडस्थित मुक्ति चोक र बस स्टपको पश्चिम क्षेत्रमा यो सेवा लिन सकिन्छ ।

त्यसैगरी, कैलालीको धनगढीस्थित हुलाकी रोडको क्याम्पस चोक, शिवनगर चोक, ज्ञानु प्लाजा चौराहा र चौराहाको विपरीत क्षेत्रमा यो सेवा उपलब्ध छ । कञ्चनपुरको महेन्द्रनगरस्थित बजार लाइन तथा म्याग्दीको बेनी बजार र बेनी एक्सचेन्ज तथा नवलपरासीको बर्दघाटस्थित बाढीपीडित क्षेत्र र क्याबिनेट २ क्षेत्रमा यो सेवा उपलब्ध छ । पाल्पाको बजार क्षेत्रमा पनि यो सेवा उपलब्ध छ ।

सिन्धुपाल्चोकको तातोपानी ड्राइपोर्ट एरिया, सोलुखुम्बुको लुक्लास्थित चौँरीखर्क, सुर्खेतको बजारनजिक १९ क्याबिनेट र वीरेन्द्र चोकमा यो सुविधा उपलब्ध छ ।एफटिटिएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबरमार्फत ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा उपलब्ध हुन्छ । यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीव्र रूपले कार्य योजना अघि बढाएको कम्पनीले जनाएको छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’का नाममा ब्रान्डिङ गरेको छ । 

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies