काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।
हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि शुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । भ्रमण वर्ष २०२० को सङ्घारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मङ्गलबार उडान भर्ने छ । “हामी क्वालालम्पुर र काठमाडौँबीचको सीधा उडान पुनःसञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौँ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ”, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाएका छन।
सन् २०१४ अगष्टमा स्थापित कम्पनीले हाल तीनवटा ए ३२० जहाजमार्फत आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहामा भरेको थियो । हालै युएईको आबुधावी, बङ्गलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ ।
निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तिन ए ३१९ जहाज खरीद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, साङ्घाई र त्यसपश्चात् अलि र ल्हासामा विस्तार गर्ने जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: