काठमाडौं । नेपालले टी -२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउँदै भुटानलाई १३० रनले पराजित गरेको छ।
कीर्तिपुर मैदानमा १३ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत प्राप्त गरेको विजय नेपालले हालसम्म प्राप्त गरेको सबैभन्दा ठूलो विजय हो।
कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी १०७ रन बनाएपछि नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको थियो।
भुटानले भने २० ओभरमा छ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो।
नयाँ कीर्तिमान
भुटानविरुद्ध बनाएको रन नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर हो।
यसअघि नेपालको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गत जुलाईमा बनाएको १७३ रन थियो।
बिहीवार मल्लले ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो।
नेपालका लागि रनको हिसाबले यो सबैभन्दा ठूलो जित हो।
यसअघि नेपालको सबैभन्दा ठूलो जितको कीर्तिमान हङ्कङलाई सन् २०१४ को टी-२० विश्वकपमा ८० रनले हराउँदा बनाएको थियो।
भुटानको कमजोर ब्याटिङ
ठूलो लक्ष्य पाएको भुटानले सुरुदेखि नै कमजोर ब्याटिङ गरेको थियो।
भुटानी खेलाडीहरूको उद्देश्य खेल जित्नेभन्दा पनि २० ओभर पूरा खेल्ने देखिएको थियो।
रन्जुङ दोर्जीले २३ बलमा २७ रन बनाए पनि अन्य खेलाडीले धेरै रन बनाउन सकेनन्।
नेपालका तर्फबाट पारस खड्काले दुई एवम् करण केसी, ललितनारायण राजवंशी र पवन सर्राफले एक-एक विकेट लिए।
कप्तानी इनिङ्स
यसअघि पारस खड्काले सिङ्गापुरविरुद्ध बनाएको अविजित शतक नेपाली खेलाडीले बनाएको सर्वोच्च स्कोर थियो।
खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका थिएनन्।
तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरे।
मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए। यो खड्काको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट चौथो अर्धशतक हो।
खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरे।
नेपालको उच्च स्कोर
मल्लले १७.४ ओभरमा ५३ बलमा शतक बनाए। उनी टोब्देन सिङे्को बलमा क्याचआउट भए।
नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले २७ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अविजित ४५ रन बनाए।
आरिफ शेख चार रनमा अविजित रहे। रोहित पौडेले छ रन मात्रै बनाए।
भुटानका सबैभन्दा सफल बलर कर्मा दोर्जी भए। उनले दुई विकेट लिएका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: