Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मकैको सातुको व्यावसायिक उत्पादन

पर्वत। नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो ।

आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ । कृषकले उत्पादन गर्ने मकै धेरैजसो पशुपक्षीको आहाराको लागि मात्र प्रयोग हुने गरेको छ । क्यालोरी, सुगर, फाइवर, ओमेगालगायतका तत्व पाउन सकिने मकैको खाने चलन हराउँदै गएको बेलामा पर्वतमा भने खानको लागि सजिलो र स्वादिलो बनाएर पहिलोपटक व्यावसायिक रुपमा मकैको सातुको उत्पादन थालिएको छ ।

फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको सामुदायिक खाद्य प्रशोधन उद्योगले स्वास्थ्यमासमेत फाइदा पु¥याउने भएकाले मकै खाने बानी बढाउन यसको सातु उत्पादन गरेर बजारमा पठाउन थालेको छ । यस अगाडि लप्सी, अमला, सुन्तला, खुर्सानी, अदुवालगायतका खाद्य वस्तु प्रशोधन गरी क्याण्डी, माडा, तितौरा, अचार, जुसजस्तै अन्य सामग्री उत्पादन गरेर विदेशमा समेत निर्यात गर्दै आएको थियो । यस वर्षबाट भने मकैको सातु पनि उत्पादन गर्न थालिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए।

“मकै खानु स्वास्थ्यको लागि राम्रो हो । अहिले भात खाने प्रवृत्तिले मकैको महत्व घटेको छ” भुसालले भने, “अरु खाद्यान्न पनि मिसाएर प्रशोधन गरिएको सातु स्वादिलो छ । यसले चामलको सट्टामा मकै खाने बानीको विकास गर्न सक्छ भन्ने पनि लागेको छ ।”

पौष्टिक आहारको रुपमा रहेको सातुमा ७० प्रतिशत मकै, १० प्रतिशत चना, १० प्रतिशत भट्ट, पाँच प्रतिशत बदाम, तीन प्रतिशत चिनी, एक प्रतिशत नुन, एक प्रतिशत अदुवा, मरिच र अलैंची राखिएको छ ।

उद्योगले फलफूलको अलावा कोदो र गहुँको परिकार पनि बजारमा ल्याएको छ । स्थानीय उत्पादनलाई उच्चतम प्रविधिबाट प्रशोधन गरिएको छ भने सातुलाई उत्पादनको छ महीनासम्म प्रयोग गर्न सकिने छ । विश्वमा मकै उत्पादन गर्ने र खाने प्रचलनमध्ये अमेरिकाबाट शुरु भएको थियो । बजारमा जौ, चनालगायत अन्य खाद्यवस्तुको सातुको माग बढ्दै गएका बेला मकैको सातुले पनि राम्रो बजार पाउने देखेर उत्पादन थालिएको भुसालको भनाइ छ । उनको उद्योगमा उत्पादित मकैको सातु सदरमुकाम कुश्माबजार, पोखरा, काठमाडौं, नारायणगढलगायतका बजारमा पठाइने भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies