Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

दुलहा बिनानै आकर्षण शृङ्गारमा सजेएकि यी दुलही...

चिप्लेढुङ्गा। पोखरा छोरेपाटनकी सोफिया खाती उमेर बल्ल १८ पुगिन् । उनी प्लस टुमा अध्ययनरत छिन् । झपक्क गहनामा साडीमा सजिएर बेहुली बनेकी उनी केही लजाउँदै थिइन् । उनी झपक्क गहना र रातो लेहङ्गामा १६ शृङ्गारमा सजिएर दुलही बनेर निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन दुलहा आएनन् ।

शनिबार सोफियाजस्तै छ जना बनेर सजिए, दुपट्टा साडी र लेहङ्गामा गरगहनाले सुसज्जित भएका थिए । लाग्थ्यो अब बेहुला आउँदैछन्, जन्तीसहित उनीहरुलाई लिन तर सोचेजस्तो जन्तीसहित कोही बेहुला दुलहीको सामु आएनन् । कारण थियो उनीहरु विवाहमण्डपमा नभई स्टेजमा उत्रिएका थिए बेहुली शृङ्गार प्रतियोगिताका सहभागी भएर ।

राष्ट्रिय सौन्दर्यकला व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय बेहुली शृङ्गार प्रतियोगितामा ११ जिल्लाका १३ सौन्दर्यकर्मीले सहभागिता जनाएका थिए । विभिन्न चरणबाट छानिएका ६ प्रतिस्पर्धीले ६ थरि बेहुली शृङ्गार गरेका थिए । चितवनकी नवीना लामाले दुलही शृङ्गार प्रतियोगिताको उपाधि जितिन् ।

राष्ट्रिय सौन्दर्यकला व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले परापूर्वकालदेखि सुन्दरताको महत्व निकै हुने गरेको र सुन्दरता व्यक्तित्वको एक सबल पक्ष भएको बताउँदै विवाहमा पनि बेहुलीको शृङ्गार र सुन्दरताकै विशेष महत्व हुने बताए । श्रेष्ठले भने, “सौन्दर्य पेशा सीपमूुलक भएकाले सीप सिकेर कला प्रदर्शन गर्ने सक्ने जोकोही आत्मनिर्भर हुन्छ, पछिल्लो समय सौन्दर्यक्षेत्रले महिलालाई अत्यधिक रोजगार प्रदान गरेको छ । ”

कार्यक्रम संयोजनक दीपा कार्कीले सौन्दर्य पेशा कलात्मक र सिर्जनशील भएकाले यसको महत्वलाई उजागार गर्न बेहुली प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । सङ्घका जिल्ला अध्यक्ष सोनाम गुरुङले सौन्दर्यकर्मीको पेशागत दक्षता तथा क्षमता बढाउन र हरेक परिस्थितिमा आत्मविश्वासका साथ अग्रसर हुने वातावरण निर्माणका लागि सङ्घ क्रियाशील छ भने । सङ्घका संस्थापक अध्यक्ष चन्द्र श्रेष्ठले विवाहमा बेहुलीको सुन्दरता र शृङ्गारको चर्चा निकै हुने भएकाले बेहुली पहिरनअनुसारको शृङ्गारमा सौन्दर्यकर्मीले विशेष कलातर्फ ध्यान दिनुपर्ने बताए । सो कार्यक्रममा फष्ट रनर अप आकृति गुरुङ र सेकेण्ड रनर अप मनिषा कोँजु र भिओर च्वाइस सुप्रिया भुजेल भएकि थिइन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies