Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बाढीले विद्यालयनै बगाएपछि पठनपाठन बन्द

कोप्चेपानी। कालीगण्डकीले कक्षाकोठा बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ । बुधबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चालनमा समस्या भएको हो । बिहीबारदेखि शुरु हुने पहिलो त्रैमासिक परीक्षाको अवधिलाई स्थानीयवासी टेकबहादुर बोहोराले घर उपलब्ध गराएका छन् । नियमित पठनपाठन र प्रशासनिक कामका लागि भवनको अभावले समस्या बनाएको प्रअ शान्ति राम्जालीले बताए । “विद्यालयका कागजात, फर्निचर सबै भवनसँगै कालीगण्डकीले बगायो, तत्काल अस्थायी र दीर्घकालीन रुपमा स्थायी भवनको आवश्यकता परेको छ,” प्रअ राम्जालीले भने । कक्षा ३ सम्मको पठनपाठन हुने विद्यालयमा बालशिक्षासहित करीब २० बालबालिका पढछन् । बोहोराले उपलब्ध गराएको घरको कोठामा पाल र म्याट्रेस बिछ्याएर परीक्षा सञ्चालनको तयारी भएको छ । कोप्चेपानीदेखि केही माथिको भालेबासमा विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी शुरु गरिएको प्रअ राम्जालीले जानकारी दिए । बाढीले भवन बगाउँदा रु २५ लाख बराबरको क्षति पुगेको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । बेनी–जोमसोम सडक विस्तारका क्रममा निस्किएको माटो र गेगर सिधै कालीगण्डकीमा फालिदा नदीमा बाढीको सतह बढेर कटान गरेको बताइएको छ । विद्यालय परिसरको आमा समूह भवन पनि बगाएको छ । खड्का समुदायको कुल मन्दिर जोखिममा परेको छ । कोप्चेपानीदेखि काभ्रे गाउँमा विद्युत् लैजान गाडिएका पोल र तारसमेत कालीगण्डकीले कटान गरेर बगाएपछि विद्युत् आपूर्ति बन्द भएको छ । दश घरपरिवार विस्थापित करीब २० मिटर कटान गरेर विद्यालय भवन बगाएको कालीगण्डकीको धार बस्तीतर्फ सोझिएपछि कोप्चेपानीका बासिन्दा विस्थापित भएका छन् । कोप्चेपानीमा बसोबास गर्ने २४ मध्ये उच्च जोखिमका १० घरपरिवार भालेबासमा गएर बस्न थालेका छन् । कालीगण्डकीले बस्तीतर्फ निरन्तर कटान गर्न थालेपछि घरका सामान भालेबासमा रहेको गोठमा सारेर त्यही बस्न थालेका स्थानीयवासी गोपाल खड्काले बताए । गोपाल खड्का, बलबहादुर खड्का, दुर्गा खड्का, बृताकुमारी ज्वारचन, जगत बोहोरा, लक्ष्मी बोहोरा, यामबहादुर पुन, सुकबहादुर रोका, शीतल गर्बुजा र यामबहादुर खड्काको परिवार विस्थापित भएका हुन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष चन्द्रप्रकाश फगामी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको टोलीले घटनास्थलको अनुगमन गरेको छ । तत्काल त्रिपाल उपलब्ध गराइएको र अस्थायी भवनका लागि जस्तापाता उपलब्ध गराउने अध्यक्ष पुनले बताए। शिक्षा इकाईका प्रमुख थापाले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर अस्थायी पूर्वाधार बनाएर पठनपाठनलाई निरन्तरता र दीर्घकालीन रुपमा पक्की भवन बनाउन पहल गर्ने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies