Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जोखिम मोलेर सवारी चलाउँदै चालकहरू

बागलुङ। मध्यपहाडी पुष्पलाल लोकमार्गमा कष्टपूर्ण यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता यो वर्षायाममा पनि हटेन । कुन बेला पहिरोले सडक अवरुद्ध हुन्छ भन्ने भय पालेर यात्रामा निस्कनुपर्ने अवस्था छ । चालकहरू जोखिम मोलेर सवारीसाधन चलाउन विवश छन् । सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किमी सडक सबैभन्दा नाजुक अवस्थामा रहेको छ । निर्माण शुरु भएको २० वर्ष बित्दासमेत उक्त खण्ड ‘ग्राबेल’ सम्म हुनसकेको छैन । लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किमीमध्ये घोडाबाँधेदेखि बुर्तिबाङसम्मको ६४ किमी सडक कालोपत्रे भइसकेको छ । सदरमुकामतर्फको सडक निर्माणमा भएको ढिलाइप्रति जनगुनासो पनि बढेको छ । बुर्तिबाङबाट डेढ घण्टामै घोडाबाँधे आउने सवारीलाई त्यहाँबाट २५ किमीमा रहेको सदरमुकाम आइपुग्न दुई घण्टा लाग्छ । जीर्ण र हिलाम्मे सडक त्यहीँमाथि पहिरोको अवरोध छिचोल्दै हिँड्नुपर्ने अवस्था रहेको जीप चालक राजेन्द्र विकले बताए । “सडक व्यवस्थित छैन, जोखिम उठाएर गाडी चलाउनु पर्छ” उनले भने । यही वर्षायाममा मात्र लोकमार्गको दर्जनाँै ठाउँमा पहिरो गएका छन् । तत्काल पहिरो पन्छाएर सवारी चलाउने गरिए पनि सडकको स्तरोन्नति नहुँदा समस्या दोहोरिने गरेको छ । नयाँ मात्र नभएर पुराना पहिरोलाई उचित ढङ्गले व्यवस्थित नगर्दा सडकको स्वरुप बिग्रेको छ । नाली नबन्दा सडकबाटै बग्ने भेलले सडक क्षतविक्षत बनेको छ । वर्षामा हिलो र हिउँदमा धुलोको समस्या झैल्दै आएका स्थानीवासीले लोकमार्ग छिटो कालोपत्रे गर्न माग गरेका छन् । जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा र स्थानीय प्रशासनले समेत लोकमार्ग निर्माणलाई तीव्रता दिन आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् । ग्रामीण क्षेत्रमा कालोपत्रे भइसक्दा सदरमुकामतर्फकै सडकको दुर्दशा हुनु अशोभनीय विषय बनेको छ । कुनै पनि कारणले लोकमार्ग नरोकियोस् भन्नेमा स्थानीय प्रशासन, प्रहरी भने सचेत छ । पहिरोको अवरोध हटाउन प्रहरी, आयोजनाकै जनशक्ति र स्थानीयवासी समेत परिचालित हुन्छन् । यो वर्ष धेरै ठाउँमा पहिरो गएकाले समस्या निम्तिएको लोकमार्गको बागलुङ खण्डका इन्जिनियर सुरज महर्जनले बताए। “वर्षा लागेपछि पहिरो पन्छाउने, सडक, नाली मर्मत गर्ने काममै बढी समय खर्च भएको छ,” उनले भने । दैनिकजसोको झरीले सडक ‘ग्राबेल’ गर्ने काम रोकिएको र वर्षालगत्तै काम शुरु हुने जनाइएको छ । आउँदो हिउँदसम्म पूर्वाधार तयारीको काम सक्ने र विसं ०७६ भित्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । सदरमुकाम बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमीको ‘सिद्वीटाई कन्सट्रक्सन’ र घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies