Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री

\"\"पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा यहाँ आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको आज उद्घाटन गर्दै उनले धार्मिक क्षेत्रलाई प्रदेशको समृद्धिमा उपयोग गरिने बताए । मुलुकमा मानवतासँग जोडिएको समृद्धिको खाँचो रहेको औंल्याउँदै मुख्यमन्त्री गुरुङले समाजका विद्यमान असमानता, विभेद, गरिबीको अन्त्य, जेष्ठ नागरिकको सम्मान आवश्यक रहेको उल्लेख गरे । गण्डकी प्रदेश भौतिक, सामाजिक, संस्कृतिक हिसाबले अब्बल रहेको बताउँदै उनले सभ्यता र संस्कृतिको संरक्षण गर्दै त्यसको माध्यमबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । समाजसेवी सुशीलकुमार गोशलीले बुबा स्वामी शिवानन्द गोशली बाबाको स्मृतिमा रु ७० लाखको लागतमा उक्त आशुतोष भगवान शिवस्वरुप शिवलिंग सहितको पञ्चधार, फलेचा निर्माण गरी विन्ध्यवासिनी क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेका हुन् । प्रदेशसभा सदस्य मीना गुरुङले प्रदेश सरकार अहिले आवश्यक कानून निर्माणमा जुटेको बताउँदै त्यसका लागि सबै क्षेत्र र समुदायको सहयोग अपरिहार्य रहेको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी बाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको बताए । संस्कृतिविद्ध एवं समितिका सचिव तीर्थ श्रेष्ठले मन्दिरको गुठीको २६ रोपनी जग्गामा एक सयजना विद्यार्थीको लागि आवासीय व्यवस्था सहितको भवन निर्माणमा जुटेको जानकारी दिए । व्यावसायिक शिक्षा प्रदान गरिने उक्त विद्यापिठ निर्माणका लागि कूल रु १३ करोड लगानी हुने बताउँदै उनले त्यसका लागि प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा रु एक करोड २५ लाख विनियोजन भएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies