Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पोखराका अधिकारी परिवार नै व्यावसायिक कृषिमा

पोखरा। कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको साढे तीन दशक बितिसकेको छ । आव२०३९/४० सालतिर गोलभेँडा खेतीबाट व्यावसायिक रूपले कृषिमा लागेका खगेन्द्रले सुन्तला खेतीका साथै पशुपालन, कुखुरापालन, हिउँदे एवं वर्षे तरकारी खेतीसमेत गर्नाका साथै नयाँनयाँ जातका बोट बिरुवाको नर्सरीसमेत गरेका छन्। कृषिकै माध्यमबाट परिवारको पालनपोषणका साथै राम्रो शिक्षासमेत दिलाएका अधिकारीले हाल मासिक रू एक लाख आम्दानीसमेत गर्दै आएका छन् । गोलभँेडा खेतीसँगै २०४३ सालमा चैनपुर फेदीमा लगाइएका लगभग २५० बोट सुन्तला लामो समयसम्म आयआर्जनको अर्को महत्वपूर्ण माध्यम बनेको उनले बताए । गोलभेँडालगायत हिउँदे तरकारीका लागि मल आवश्यक भएका कारण मलकै लागि कुखुरापालनतर्फ आकर्षित भएका अधिकारीलाई कुखुरापालन पनि आयआर्जनको महत्वपूर्ण माध्यम बन्यो । कुखुराको मलसँगै तरकारी उत्पादन पनि राम्रो हुने भएपछि ४५÷४६ सालतिरै १५० लेयर्स कुखुरा पालिएको जानकारी दिँदै उनले २०५० सालतिर बोइलर कुखुरा पाल्न थालिएको बताए । “विसं २०५७ मा कुखुरापालनलाई विस्तार गर्न ठूलो टहरो बनायौँ,” उनले भने, “कुखुराका लागि धेरै भुस चाहिने तर त्यसको अभाव खड्केपछि राइस मिलसमेत सञ्चालनमा ल्याइयो ।” राइस मिल सञ्चालन भएसँगै आउने ज्यालाबापतको अन्न बढी हुन थालेपछि अधिकारी परिवारले २०६३ सालमा ३०÷३२ वटासम्म गाईपालन शुरु ग¥यो । त्यसबखत दैनिक २०० देखि २५० लिटरसम्म दूध बजारमा पठाउने गरिएको खगेन्द्रका छोरा सुदनराज अधिकारीले जानकारी दिए । “व्यावसायिक कृषिमा विभिन्न प्रयोग गर्दा हामीले अधिकांशमा सफलता हासिल गरेका छौँ,” उनले भने, “व्यावसायिक कृषि नेपालमा युवा स्वरोजगार अभिवृद्धिको महत्वपूर्ण माध्यम बन्ने देखिन्छ ।” विसं २०६९ सालसम्म चैनपुर फेदीमा सुन्तलाले राम्रै आम्दानी दिने गरेकामा एकाएक रोग लागि मरेपछि यतिखेर उक्त स्थानमा बहुउपयोगी पाउलोनियालगायतका बिरुवा लगाइएको उहाँको भनाइ थियो । सुन्तला मासिएपछि उक्त स्थानमा एक हजार २०० पाउलोनियाका विरुवा लगाइएको र बहुउपयोगी औषधिजन्य वनस्पति अगरुड, मलेसियन साल, सुन कागतीजस्ता बोट बिरुवाको नर्सरीसमेत शुरु गरिएको छ । उहाँहरूले चितवन, तनहुँ, गोरखा, स्याङजा, बागलुङ, म्याग्दी, पर्वतलगायतका स्थानमा ८० हजार पाउलोनियाका विरुवा वितरण गरिसकेका छन् । आफूहरूको सम्पूर्ण परिवार नै व्यावसायिक कृषितर्फ लागेको बताउनुुहुने खगेन्द्रकी श्रीमती लक्ष्मीदेवीले काम गर्नसके व्यावसायिक कृषिमा धेरै सम्भावना रहेको धारणा व्यक्त गरे । कृषिप्रतिको अनिच्छा र युवाको बढ्दो विदेश पलायनको अवस्थामा हाल अन्य चार युवालाई प्रत्यक्ष रोजगारी दिएको अधिकारीको परिवार अरुका लागि पनि अनुकरणीय बनेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies