Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

डेढ करोडको लागतमा पाँचवटा पसल सञ्चालन

\"\"नगरकोट। एआर समूहले भक्तपुरमा करीब रु एक करोड लगानीमा एकैपटक पाँचवटा पसल सञ्चालनमा ल्याएको छ । उक्त चेन पसलको एक कार्यक्रमबीच भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र लायन्स क्लब अफ भक्तपुर समन्वय समितिका संयोजक विष्णुभक्त मारिखुले रिबन काटेर उद्घाटन गरे । उहाँले भक्तपुर नगरपालिका– १ दूधपाटीमा मःम एण्ड पिजा घर, कस्तुरी फेसियल एण्ड सैलुन, अस्री २।६ कलेक्सन, पटुका बुटिक र ०१०१ ट्याटु स्टुडियो सञ्चालन गर्नुभएको छ । मःम एण्ड पिजा घरमा नेपाली अर्गानिक कफीसमेत पाइन्छ । एआर समूहकी सञ्चालिका अनु गिरीले भक्तपुरमा रहेका चेन पसल तथा अन्य व्यवसायको अध्ययन गरेर मात्रै आफूहरु सार्वजनिकरुपमा अघि बढेको बताए । “उपभोक्ताको जीवनशैली तथा खानपानमा धेरै परिवर्तन आइसकेको छ”, उनले भने, “त्यसैलाई सम्बोधन गर्न अहिलेको आवश्यकता एकै ठाउँमा उपलब्ध गराउने गरी पाँचवटा फरकफरक पसल सञ्चालनमा ल्याएका हौँ ।” युवायुवतीको चाहना र मागबमोजिम एआर समूहले भक्तपुरसँगै काठमाडौँ, ललितपुर र काभ्रेमा आफ्नो चेन व्यवसाय विस्तार गर्ने समूहका अर्का सञ्चालक रविन अवालले जानकारी दिए । उनका अनुसार यसै वर्षभित्र भक्तपुरमा थप दुईवटा चेन पसल खोल्ने र दुई वर्षभित्र काठमाडौँ, पाटन र बनेपामा गरी पाँचवटा चेन पसल सञ्चालनमा ल्याइनेछ । उहाँले व्यवसायसँगै समूहको चेन पसललाई आवश्यक जनशक्तिसमेत आफैँले तयार गर्ने सोच रहेको बताए । “दक्ष जनशक्ति पाउन समस्या छ”, उनले भने, “दक्ष जनशक्ति तयार गर्न चेन व्यवसायसँगै तालीम केन्द्र सञ्चालन गर्ने हाम्रो योजना छ ।” यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) मा प्रक्रिया अगाडि बढाइएको सञ्चालक अवाल बताउछन् । हाल सञ्चालनमा आएका पाँचवटा पसलमा २१ युवायुवतीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies