Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

४ सय लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा

अछाम। जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ । दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ४०० लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले मंगलसैन नगरपालिकाको वडा नं ४ मा रहेको सिर्जना चोक आसपास र वडा नं ५ को मंगलसैन बजारमा खानतलासी गरी यो परिणामको मदिरा नष्ट गरेको हो । अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ ९पास० र अवैध घरेलु मदिरा गरी ४०० लिटर नष्ट गरेको प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारले बताए । अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाँडावर्तनसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मदिराका कारण अछाममा झै–झगडा बढ्नुका साथै घरेलु हिंसा बढेको पाइएको छ । कतिपय स्थानीय तहले मदिरालाई बन्द गर्ने तथा व्यवस्थापन गर्ने निर्णय गरेका छन् । निर्णय गरे पनि मदिराको उचित व्यवस्थापन हुन सकेको छैन । प्रहरीले अछामका विभिन्न क्षेत्रमा टोलटोलमा प्रहरी कार्यक्रम पनि जारी राखेको छ । विगतमा मदिरा निशेधित क्षेत्रका रुपमा रहेको अछाम जिल्लामा अहिले अवैध घरेलु मदिरा खुलारुपमा बिक्री वितरण गर्ने गरिएको छ । घरेलु मदिराका कारण हुने विभिन्न किसिमका घरेलु हिंसा र जघन्य अपराध रोक्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले मदिरा उत्पादन गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्दै आइरहेको प्रहरी नायब उपरीक्षक ताण्डुकारले बताए । अवैध घरेलु मदिरा धेरैजसो अछाम जिल्लाको सान्तडा, विनायक, मंगलसैनलगायतका क्षेत्रमा पाइने गरेको र यसलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले अपरेशन जारी राखेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies