Khabar Dabali Logo
  April 2, Thu

जागृत बन्दै तरुण दल

बागलुङ ।  तरुण दल बागलुङले संगठन सुदृढीकरण अभियान थालेको छ ।

युवा संगठनलाई सशक्त र जागृत बनाउन अभियान थालिएको तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले बताए।

उनका अनुसार जिल्लाका सात स्थानीय तहमा तरुण दलको भेला र अधिवेशनबाट नयाँ नेतृत्व निर्माण भएको छ । बाँकी तीन स्थानीय तह बरेङ, ताराखोला र तमानखोला गाउँपालिकामा जेठभित्रै संगठन विस्तार गरिनेछ ।

“स्थानीय तहअनुसार संगठन विस्तार गरिरहेका छौ”, उनेले भने, “वडा तहसम्मै संगठनका सक्रिय कमिटी बन्छन् ।” यसअघि गाविसस्तरमा बनेका तरुण दलका कमिटीहरु अधिकांश निष्क्रिय अवस्थामा थिए ।

संगठन विस्तारसँगै सशक्तीकरणलाई पनि सँगै जोडेर लगिएको तरुण दलले जनाएको छ । जिल्लास्तरका नेताहरुको उपस्थितिमा राजनीतिक प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमपनि चलाइएको छ ।

युवालाई सशक्तीकरण गर्दै राजनीतिक गतिविधिमा सक्रिय बनाउने योजना तरुण दलको छ ।

नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले भ्रातृ तथा शुभेच्छुक संगठनलाई जागृत गराउन पार्टी लागिपरेको बताए । उनले तरुण तलको संगठन विस्तार र सशक्तीकरण अभियानले पार्टी थप बलियो र सशक्त हुने धारणा राखे । “नेपाली काँग्रेसको सशक्त संगठनमा तरुण दल पर्छ”, उनले भने, “भ्रातृ संगठन बन्नु भनेको पार्टी बन्नु हो ।”

सबै भ्रातृ संगठनहरु सशक्त नभएसम्म पार्टी निर्माण नहुने उनको भनाइ छ । उनले तरुण दलसँगै नेपाल विद्यार्थी संघ, महिला संघ, भूपू सैनिक संघलगायतका भ्रातृ तथा शुभेच्छुक संगठनलाई स्थानीय तहमा विस्तार गरिने पनि बताए ।

जेठ १६ गते, २०७५ - १३:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लकडाउन’को अवज्ञा गर्ने एक हजार सवारी साधन कारवाहीमा

दाङ । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ...   

प्रदेश १ बाट शङ्कास्पद ५४ जनाको नमूना सङ्कलन

विराटनगर । प्रदेश नं. १ बाट कोरोना भाइरस (कोभिड—१९) का शङ्कास्पद ५४ जनाको नमूनामा सङ्कलन गरिएकोमा ४२...   

कोरोना भाइरसको जोखिमका कारण १७ जना बन्दी रिहा

वीरगञ्ज । कोरोना भाइरस (कोभिड— १९)को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना...   

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको घोषणा

सोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना...   

अस्ट्रेलियामा कोरोनाभाइरसको खोपको पशु स्वास्थ्य प्रयोगशालामा परीक्षण शुरु

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस...   

इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतिलाई कोरोना संक्रमण

तेल अभिभ । इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य...   

अमेरिकामा कोरोना भाइरसबाट छ हप्ताको शिशुको मृत्यु

कनेक्टीकट । संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका...   

भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित ह्वात्तै बढ्यो, २४ घन्टामा ४३७ नयाँ थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको...   

मेडिकल सामग्री लिन वाइड बडी जहाज चीनको ग्वाङजाओतर्फ, आजै राति काठमाडौँ फर्कने

काठमाडौं । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...   

जतिसुकै नेपाली भए पनि भारत सरकारले उतै प्रबन्ध गर्नुपर्छ – उपप्रम पोखरेल (विशेष अन्तर्वार्ता)

काठमाडाै‌ । नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top