Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विद्युत् खपत बढाउने प्राधिकरणको यस्तो तयारी

काठमाडौं । तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ ।

प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय ९इन्डक्शन० चुल्हो प्रयोगका लागि आग्रह गर्न लागेको हो । प्राधिकरण आफैँले प्रक्षेपण गरेको योजनाअनुसार नै वार्षिक १० प्रतिशतको दरमा विद्युत्को माग बढ्नुपर्ने थियो । तर पछिल्ला दिनमा प्राधिकरणको अपेक्षाअनुसार विद्युत् माग बढ्न सकेको छैन ।

प्राधिकरणले उपभोक्ताले चाहे जति विद्युत् प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्दै विद्युत् खपतको रणनीतिक योजना अगाडि सारेको हो । यस्तै, वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तररूपमा अगाडि बढाउने लक्ष्यका साथ काम शुरु गरिएको छ ।

हाल प्राधिकरणको प्रणालीमा आफ्नै आयोजनाबाट १० हजार ६४२ मेगावाट घण्टा, निजी क्षेत्रबाट नौ हजार ३२१ मेगावाट घण्टा विद्युत् उपलब्ध छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा उपलब्ध हुने विद्युत्को मात्रा हाल उपलब्ध भएको भन्दा बढी हुनेछ । त्यस आधारमा पनि विद्युत् खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण पुगेको छ ।

सोही अवस्थालाई मध्यनजर गरेर प्राधिकरणले वितरण केन्द्रलाई आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण ट्रान्सफर्मरमा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप गर्न स्तरोन्नतिको कामलाई अगाडि बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उत्पादित विद्युत् खेर जान नदिई खपत बढाउनका लागि वितरण प्रणालीको सुदृढीकरण गर्नु आजको प्रमुख चुनौती रहेकाले तत्कालै काम शुरु गर्नु जरुरी भइसकेको छ ।

“विद्युत् खपत बढाउन घरघरमा इन्डक्शन चुलोको प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टेशन खोल्ने गरी अगाडि बढिरहेका छौँ, इन्डक्शन चुल्हो र चार्जिङ स्टेशनको लोड धान्ने गरी संरचनागत व्यवस्था गर्नु जरुरी भइसकेको छ”, कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले विशेषगरी काठमाडौँ उपत्यकामा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गर्ने तयारी थालेको र कार्यान्वयनका लागि पनि सम्बन्धित वितरण केन्द्रले उत्तिकै ध्यान दिनु जरुरी भइसकेको उनको भनाइ छ ।

उभोक्ताले चाहिए जति विद्युत् खपत गर्ने वातावरण बनाउन पनि वितरण प्रणाली विश्वसनीय र भरपर्दो बनाउनुपर्नेछ । कार्यकारी निर्देशक घिसिङले वितरण प्रणालीको सुदृढीकरणका लागि आवश्यक बजेट अभाव हुन नदिने बताउनुभयो । उहाँका अनुसार उपभोक्ताको घरघरमा विद्युत् पु¥याउन प्राधिकरणले ५०, १००, २००, ३०० र ५०० केभिए क्षमताका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको छ । माग बढ्दा त्यसको क्षमता पनि क्रमैसँग बढाउनुपर्ने आवश्यकता रहेको छ ।

प्राधिकरणले तीन वर्षमा नयाँ निर्माण तथा स्तरोन्नति गरी ७६५ एमभिए क्षमताका वितरण सबस्टेशन प्रणालीमा थप गरेको छ । करिब दश हजार वितरण ट्रान्सफर्मरहरु थप जडान गरी करिब एक हजार मेगावाट बराबरको वितरण क्षमता बढाइएको छ । यसलाई अझै बढाउनुपर्ने अवस्था रहेको छ ।

चालू आर्थिक वर्षमा निर्माणाधीन माथिल्लो तामाकोशी (४५६ मेगावाट) लगायतका जलविद्युत् आयोजनाहरुको निर्माण सम्पन्न भई करिब एक हजार ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने प्रक्षेपण छ ।

सरकारले विद्युत्को पहुँच र खपत बढाउन तीन वर्षभित्रमा मुलुकभर शत्प्रतिशत विद्युतीकरण गर्ने योजना अगाडि सारेको छ । प्राधिकरणले यसलाई कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको जिल्लाका रूपमा घोषणा गर्ने तयारी गरेको छ ।

उत्पादित विद्युत्लाई खेर जान नदिन खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले भने, “समस्या समाधानका लागि माग बढाउन बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने र उद्योगलाई विद्युत् आपूर्ति दिन सहजीकरण गर्नुपर्छ ।”

विद्युत् खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनमा लाग्दै आएको थप शुल्कसमेत घटाएको छ । त्यसबाट उद्योगीले थप विद्युत् खपत गर्ने वातावरण तयार हुने विश्वासमा प्राधिकरण छ ।

यस्तै उपभोक्तालाई मिटर लिन प्रोत्साहित गर्ने, जग्गाधनी पुर्जा नभएका भूमिहीन तथा सुकुम्वासीलाई पनि मिटर सहजरूपमा दिने, स्थानीय तहको सिफारिसबिना नै मिटर जडान गर्ने, अति विपन्नलाई निःशुल्क मिटर वितरण दिने काम पनि प्राधिकरणले गरिरहेको छ । यसबाट विद्युत् खपत बढ्ने प्राधिकरणको अपेक्षा छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies