



चेक कीर्ते गरि बैंकबाट बढी रकम निकाल्ने प्रहरी जवान पक्राउ




- कात्तिक २९ गते, २०७६ - २०:२१

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको तीन हजारको एउटा र चार हजारको अर्को चेक गरी जम्मा रु सात हजारको चेक बैंकमा माथिल्लो कोठाबाट सदर गरी पुनः रु तीन हजारका स्थानमा रु ३० हजार र रु चार हजारको स्थानमा रु ४० हजार लेखेर सो बैंकबाट रु सात हजारको ठाउँमा रु ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशंकर यादवले बताए ।
बैंकमा बिहीबार बेलुका हिसाब मिलान गर्दा हिसाब नमिलेपछि सबै चेकलाई जाँचबुझ गर्दै जाँदा प्रहरी जवान द्विवेदीले आफ्नै दुवै चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले राति नै महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीलाई सो कुराको जानकारी गराएपछि प्रज द्विवेदीलाई प्रहरी कार्यालयमा पक्राउ गरी राखिएको हो ।
प्रहरी उपरीक्षक अधिकारीले कीर्ते र ठगी गर्ने व्यक्ति प्रहरी हुनलायक नरहेको बताउनुहुँदै प्रहरी जवान द्विवेदीलाई कारवाहीस्वरुप निलम्बन गरिने प्रक्रिया अगाडि बढाइएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरेली जनता भन्छन् – विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ
कास्की । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले...कालापानी विषय अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः अध्यक्ष प्रचण्ड
धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक...रिसोर्टमा ग्यास विस्फोट : चारको मृत्यु, चार जना बेपत्ता
वार्सा । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार...क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण
काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण...न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद्...मंसिर २० र २१ गते कलंकीदेखि कोटेश्वर हुदै जगातीसम्मको सडक बन्द हुने
काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन कलंकीदेखि कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको मुख्य...ज्ञानेन्द्रको शतक, पारसको अलराउण्ड प्रदर्शनमा भुटानविरुद्ध नेपालको शानदार जित
काठमाडौं । नेपालले टी -२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउँदै भुटानलाई १३० रनले...पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको...जोमसोमको एक होटलमा भारतीय नागरिकको मृत्यु
मुस्ताङ । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया...उसुमा नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो
काठमाडौँ । १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी...

