भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर ७ महेश्वरी खेल मैदानमा मंसिर १३ गते देखि २३ सम्म पर्यटन बर्ष २०२० लाई लक्षित गरी ब्यापारिक साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ हुन् लागेको छ । ममता केन्द्र नेपालले भक्तपुरको दुधपाटी स्थित दि टिसा इनमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १३ गते देखि २३ गते सम्म मेला साथै सांस्कृतिक कार्यक्रम एवं खेलकुद सप्ताह हुन् लागेको जानकारी दिएको हो ।
हाम्रो अभियान खेलको शान संस्कृति र समृद्दि भक्तपुरको पहिचान भन्दै आगामी मेला आयोजना हुन् लागेको ममता केन्द्र नेपालका अध्यक्ष एवं मेला संयोजक संगम लामाले जानकारी दिएका छन् ।
भक्तपुरको जगाती चोक देखि च्यामासिंह मार्गमा रहेको महेश्वरी खेल मैदानमा आगामी मंसिर १३ गते देखि २३ गते सम्म उक्त मेलामा हामीलाई दैनिक आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु एकै स्थानमा नै उपलब्ध हुने बताए । महोत्सवमा १५० भन्दा बढि विभिन्न स्टलहरु रहने र ती स्टलहरुमा लताकपडा , खेलकुदाका सामग्री , दैनिक आवश्यकिय सामग्रीहरु विषेश छुटमा उपलब्ध हुने उनले जानकारी दिएका छन् । मेलामा २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुटको ब्यवस्था समेत रहने अध्यक्ष लामाले जानकारी दिए ।
यस्तै मेलामा मनोरञ्जनका खेलहरु पनि समाबेश हुने छन् । खेलमा रोटेपिङ, नाउ , ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, भुत बंगला, मिकी माउस, जम्पीङ, विभिन्न जादु, लगाएतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु समेत सामेल हुने लामाले जानकारी दिए ।
यस्तै स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम दैनिक रुपमा हुने उनले बताए ।११ दिन सम्म चल्ने मेलामा दैनिक उपभोग्य हरेक सामान पाउने साथै विभिन्न कलाकारहरुको प्रस्तुती साथै नृत्य प्रतियोगिता साथै कराते प्रतियोगित समेत हुने भएकाले मेला अझ रोमाञ्चक हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
जगाती चोक बाट च्यामासिंह तर्फ सय मिटर नजिक रहेको महेश्वरी खेल मैदानमा हुन लागेको उक्त मेलामा भक्तपुर काभ्रे सिन्दुपाल्चोक दोलखा रामेछाप ललितपुर काठमाडौं लगाएतका जिल्लाबाट अवलोकनकर्ताहरु आउने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: