Khabar Dabali Logo
  November 19, Tue

नेकपा सचिवालय बैठक, उपचुनावका लागि यस्तो निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संगठन विभागलाई विस्तार गरेको छ ।

पार्टीको बुधबार बसेको सचिवालय बैठकले विभागमा तीन जना सदस्य थप गर्दै विस्तार गर्ने निर्णय गरेको हो । संगठन विभागमा यस अगाडी पमुख वामदेव गौतम र उपप्रमुख जर्नादन शर्मा थिए। बुधबारको बैठकले तीन नेतालाई सदस्यका रुपमा थप गरेको छ। स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु भानुभक्त ढकाल र हरि अधिकारी सदस्यमा थप भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। विभागले पूर्णता भने पाइसकेको छैन।

नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

प्रतिनधिसभा र प्रदेश सभाका उम्मेदबार सिफारिसका लागि सम्बन्धित निर्वाचन क्षेत्र कमिटी र जिल्ला कमिटीसँगको परामर्शका आधारमा प्रदेश कमिटिले सिफारिस गरेर पठाउनुपर्ने निर्णय भएको छ।

स्थानीय नगरपालिका वा गाउँपालिकाहरुको मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धित गाउँ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उनले जानकारी दिए । वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउ नगरकमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरि बैठकले निर्णय गरेको छ ।

अशोज २९ गते, २०७६ - १७:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई...   
निर्मला पन्त प्रकरणः चर्चित पात्र तथा पत्रकार भण्डारी पक्राउ

निर्मला पन्त प्रकरणः चर्चित पात्र तथा पत्रकार भण्डारी पक्राउ

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणका एक चर्चित पात्र खेम भण्डारीलाई प्रहरीले पक्राउ...   
प्रधानमन्त्रीको प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर राख्दिन – सल्लाहकार थापा

प्रधानमन्त्रीको प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर राख्दिन – सल्लाहकार थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई...   

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्छ – अध्यक्ष प्रचण्ड

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध...   
यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता, होलीवाइनदेखि बालुवाटार काण्डसम्म

यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता, होलीवाइनदेखि बालुवाटार काण्डसम्म

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको २१ महिनाका २१ असफलता सार्वजनिक गरेको छ। मंगलबार...   
विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै

विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा...   
खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

चीन । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ...   

मालीमा सैनिक र लडाकूबीच झडप, ४१ जनाको मृत्यु

बामाको । मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु...   

यसरी मनाइयो स्व. प्रकाश दाहालको स्मरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा...   

सुनको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ४००...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top