Khabar Dabali Logo
  December 7, Sat

विकासको अभियानमा मिलेर अगाडि बढौँ – महासचिव पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् ।

उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको आज उद्घाटन गर्दै उनले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गरे ।

उनले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा राखे । महासचिव पौडेलले बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाए ।

उनले तीनाउपारीका क्षेत्रको विकासका लागि तिनाउ–दानव करिडोर निर्माणको योजना बनाएको बताउँदै यो योजना समयमै सम्पन्न गर्न स्थानीयको सक्रियता हुनुपर्ने बताए । “यो करिडोर तिनाउ र दानव नदीको दोभानबाट शुरु भएर लुम्बिनी जाने सडकसम्म जोडिन्छ ।” उनले भने । आफ्नो क्षेत्रको विकासमा चासो र सक्रियता बढाउँदै गए योजना पनि समयमै सकिने उनको भनाइ थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेले स्थानीयको सक्रियतामा मन्दिर निर्माण गरेको बताए । उनले मन्दिर र सभाहलको निर्माणपछि वडाका धार्मिक गतिविधि सञ्चालनका लागि सहज हुनेछ भने ।

जितेश्वरी आमा समूहका अध्यक्ष मन्दिरा गौडेलले धर्मले मानिसलाई सही आचरणमा रहन सिकाउने हुँदा वडामा धार्मिक गतिविधिलाई बढावा दिएको बताए ।

अशोज १६ गते, २०७६ - २०:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीग मर्जरको सुरुवात : आजदेखि ग्लोबल आइएमइ र जनता बैंक एकीकृत काराेबारमा

बीग मर्जरको सुरुवात : आजदेखि ग्लोबल आइएमइ र जनता बैंक एकीकृत काराेबारमा

काठमाडौं । निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन्...   

राजधानीको यी स्थानहरुमा भोली सवारी साधन चलाउन नपाइने

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार...   
गल्फमा नेपाललाई दुई स्वर्ण

गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको...   

समृद्धिका लागि पाँच आधार तय गरिएको छ : उपप्रम पोखरेल

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा,...   
बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो

बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदासजी महाराजलाई विराट नर्सिङ होम बाट एम्बुलेन्समा...   
पाँच हजार मिटर दौडमा नेपाली धावक पार्कीलाई स्वर्णपदक

पाँच हजार मिटर दौडमा नेपाली धावक पार्कीलाई स्वर्णपदक

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ((साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा...   

जङ्गली हात्तीको डरले रातभर जाग्राम बस्न बाध्य गाउँले

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले...   
एनसेलद्वारा रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिगुलाई २ लाख पुरस्कार हस्तान्तरण

एनसेलद्वारा रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिगुलाई २ लाख पुरस्कार हस्तान्तरण

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र...   
यस्तो रह्यो आजको बिदेशी विनिमय दर

यस्तो रह्यो आजको बिदेशी विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३...   
डाक्टरको बलात्कार र हत्याका चार आरोपीको प्रहरी इन्काउन्टरमा मृत्युु

डाक्टरको बलात्कार र हत्याका चार आरोपीको प्रहरी इन्काउन्टरमा मृत्युु

भारत । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top