Khabar Dabali Logo
  February 22, Sat

अमेरिकामा चिनियाँ भाषी चार पर्यटकको मृत्यु

लस एन्जलस । अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ ।

अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो ।

राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए । टोलीले चार जनाको मृत्यु भएको र अरु १२ देखि १५ जना गम्भीर घाइते भएको जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि घटनास्थल नजिकै रहेको अस्पतालमा भर्ना गरिएको छ । कतिपय जटिल घाइतेलाई भने एम्बुलेन्स मार्फत् अन्यत्र लगिएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ११.३० मा ब्रायस कान्योन देखि ५।६ किलोमिटर टाढा बस दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना भएको दुई मिनेटपछि आफूहरुलाई फोन आएको गस्ती टोलीका अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको उनीहरुको भनाइ छ ।

अमेरिकाको एक स्वतन्त्र निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ । सिन्ह्वा

अशोज ४ गते, २०७६ - १४:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउन पुख्र्यौली घर जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री...   

साताको शेयर बजार : आठ अर्ब ६९ करोडको कारोवार

काठमाडौं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको...   
डोलेश्वरबाट यसरी बिदाई भए साधुसन्त

डोलेश्वरबाट यसरी बिदाई भए साधुसन्त

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज शनिबार...   

सुन उत्पादनमा अब दोस्रो देश बन्दै भारत, हजारौं टन सुन उत्खननको तयारी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश सरकारले सुन उत्खनन प्रक्रिया सुरु गर्नको लागि ई–टेन्डर सुरु गरेको...   

लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरिँदैछ : अध्यक्ष थापा

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको...   

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज शनिबार अपरान्ह सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री...   

हामी गोकुल बाँस्कोटालाई छुट दिने पक्षमा छैनौ : अध्यक्ष प्रचण्ड

चीतवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्ने जो सुकैलाई...   

सेक्समा कस्तो आसन मन पराउछन् भारतीय ?

एजेन्सी । भारतमा ६२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला आफ्नो यौन जीवनवाट सन्तुष्ट छन् । एक सर्वेक्षणमा...   

गोकुल बाँस्कोटा काण्डमा प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : कोइराला

नेपालगन्ज । नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा...   

यौन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन किशोर–किशोरीको माग

सुर्खेत । कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top