Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यस्तो हुन्छ डेङ्गी फैलाउने लामखुट्टे, जान्नुहोस् यसरी जोगिन सकिन्छ डेङ्गीबाट

काठमाडौं । अहिले नेपालमा डेङ्गीको प्रकोप निकै फैलिएको छ । डेङ्गीको कारण छोटो समयमा नै धेरै मानिसमा संक्रमण फैलिएपछि सर्वसाधारणमा निकै त्रास बढेको छ । स्वास्थ्य विभागले जनाएअनुसार पछिल्लो साउनदेखि अहिलेसम्म ४ हजारभन्दा बढिमा यसको संक्रमण भेटिएको छ । डेङगीको कारण केहिको ज्यानसमेको गएको पुष्टी भएको छ ।

आज हामी सबै त्रसित बनेको डेङ्गीको प्रकोप र यसबाट सुरक्षित हुने उपायबारे केहि जानकारी दिंदैछौं ।

के हो डेङ्गी ?

डेङ्गी जिवाणु भएको लामखुट्टेले मानिसलाई टोक्यो भने त्यो जिवाणु मानिसमा सर्दछ । एडिस एजेप्टाई र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेले यसको संक्रमण फैलाउने गर्दछ । यो लामखुट्टे वर्षाको बेला २२ देखि ३४ डिग्रीसम्मको तापक्रममा विकास हुने गर्दछ । यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ ।

डेङ्गीका लक्षण

डेङ्गी लागेको मानिसलाई साधारणतया ज्वरो आउने गर्दछ । आँखाको गेडी र त्यसको पछाडि टाउको दुख्ने लक्षण देखा पर्दछ । शरिरमा राता बिबिरा आउने र जोर्नीहरु दुख्ने समस्या पनि पर्छ । संक्रमित मानिसलाई खानामा अरुची हुने र पेटमा गढबढी हुने समस्या देखिन्छ ।

यसरी सर्छ डेङ्गी

डेङ्गी मानिसबाट मानिसमा सर्दैन् । डेङ्गी सार्ने एक किसिमको लामखुट्टे छ । एडिस एजेप्टाई र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेले डेङ्गी लागेको बिरामीलाई टोक्यो भने त्यो जिवाणु आफुसँगै लैजान्छ र त्यहि लामखुट्टे अर्को मानिसलाई टोक्दा त्यो जिवाणु पनि सारिदिन्छ ।

कसरी बच्न सकिन्छ ?

यसको कुनै पनि औषधी छैन् । शरीररको रोग प्रतिरोधात्मक क्षमताबाट नै यो रोग निको हुन्छ । एक प्रतिशतभन्दा कम बिरामीमा यो रोगका कारण रक्तश्राव भएर मृत्यु हुने पनि सम्भावना हुन्छ ।

व्यक्तिलाई ज्वरो आयो र हाटखुट्टा दुख्यो भने नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गराउन आवश्यक हुन्छ । अहिले डेङ्गीको प्रकोप बढेको कारण ज्वरो पनि त्यसैको कारणले आएको हुनसक्छ ।

घर वरिपरि सफा राख्ने र पानी जम्न नदिने उपाय यसबाट बच्ने उपाय पनि हो । डेङ्गीको जिवाणु फैलाउने लामखुट्टे ८० मिटरसम्मको उचाईमा उडेर जान सक्ने भएको हुनाले छरछिमेकको वरिपरि फोहोर छ भने पनि हामी खतरामा पर्न सक्छौं ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies