Khabar Dabali Logo
  August 7, Fri

नलसिंङगाड परियोजना अघि बढाउनेबारे उर्जामन्त्री–जापानी राजदूतबीच छलफल

काठमाडाैं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा छलफल गरे ।

उनले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखी नलगाडसम्म जापानले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे ।

मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागी जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसंग आग्रह गरे ।

भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा अध्ययन गरिरहेको जानकारी दिए । उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिंदै सो क्रममा दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए ।

जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगनीका लागी राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागी आफुले अपिल गर्ने बताए ।

राजदूत साइगाले भारत र वङगलादेशसंग सहमती भएको क्रस बोर्डर प्रशारण लाइनबारे समेत चांसो व्यक्त गरेका छन् । जवाफमा मन्त्री पुनले भारतसंग क्रस बोर्डर टे«डको विषयमा राम्रो वातावरण वनेको र गत वर्ष मात्र ७ करोड र यो वर्ष २५ करोडको विजुली भारतमा निर्यात भएको जानकारी दिए ।

उनले वङगलादेशसंग पनि डेडिकेटेट लाइन र भारत हुंदै वङगलादेशसंग पनि विद्युत व्यापार गर्ने विषयमा सहमती भएको भन्दै लगानीको लागी वातावरण बनाईदिन आग्रह गरे ।

नलसिंङगाड परियोजना पिपिपी मोडलमा बनाउने गरी हाल जापानले अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापानी विकास नियोग जाइकाको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ । जापान भ्रमणकै क्रममा उनले आफ्ना समकक्षीसंग समेत उक्त परियोजनाका विषयमा छलफल गर्ने तयारी छ ।

भदौ ४ गते, २०७६ - १६:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपप्रधानमन्त्री पोखरेलसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सलेले...   

लेबनानको बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १५४ पुग्यो

बेरूत । गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित...   

११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण

ढाका । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन्...   

भारतको केरलामा भिषण पहिरो, ९ जनाको मृत्यु, ५७ बेपत्ता

केरला । भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन्...   

अनशनरत युवाको मागलाई समाधानका लागि सरकार गम्भीर नदेखिएको काँग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी...   

स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित, सप्तरीको सरकारी र निजी अस्पताल बन्द

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल आजदेखि बन्द भएको...   

कोराेनाले ल्याएको चुनौती र अवसरमा सहकार्य गर्न अर्थमन्त्रीको बङ्गलादेशसँग आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका...   

कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गरे थप २ सय छुट

काठमाडौं । सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले...   

स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाह दिन बार तोकियो

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाहका...   

प्रदेश २ कोरोना सङ्क्रमणको उच्च जोखिममा, सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४

जनकपुर । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top