Khabar Dabali Logo
  January 19, Sun

जापानी एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीवार बिहान ुक्योटो एनिमेशनुको स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएका छन्।

नाम नखुलाइएका ती सन्दिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ। घाइते भएकाले उनलाई पनि अस्पताल लगिएको छ।

घटना कसरी भयो ?
स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०स्३० बजे आगो लागेको थियो। उद्धारको काम भइरहेको छ।

टोक्योस्थित बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड(हाएसका अनुसार प्रत्यक्षदर्शीहरूले आगो लागेपछि ठूलो विस्फोटन भएको सुनिएको बताएका छन्।

अग्निनियन्त्रण विभागका प्रवक्ताले समाचारसंस्था एएफपीलाई भने, भवनमा फसिरहेका धेरै पीडितहरूलाई हामी बाहिर ल्याउने प्रयास गर्दैछौँ।

एक व्यक्तिले तरल पदार्थ फ्यालेर त्यसमा आगो लगाए, स्थानीय प्रहरी प्रवक्ताले एएफपीलाई भने।

एनएचकेका अनुसार ती व्यक्तिले आगो लगाउँदै अब तिमीहरू मरू भन्ने आशयको टिप्पणी गरेका थिए।

ती ससो भवननजिकै बस्ने एक ५९ वर्षीया महिलाले समाचारसंस्था क्योदोलाई भनिन्, डढेको केश भएको एक व्यक्ति लडिरहेका थिए अनि त्यहाँ रगत लागेका पदचिह्न थिए।

स्टुडियोबारे के थाहा छ ?

क्योटो एनिमेशन सन् १९८१ मा स्थापना भएको थियो।

त्यसले के(अन र द मेलन्कली अफ हारुही सुजुमिया जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ।

क्योटो एनिमेशनले बनाएका सामग्रीको तस्बिरसहित प्रशंसकहरूले सामाजिक सञ्जालमा सो घटनाबारे आश्चर्य र क्षोभ व्यक्त गरेका छन्।न्दिग्ध व्यक्तिको सो स्टुडियोसँग कस्तो सम्बन्ध छ भन्ने स्पष्ट भइसकेको छैन। बीबीसी

साउन २ गते, २०७६ - १३:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिविर चलाएर नेकपाको सदस्यता नवीकरण

भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख...   

चर्चामा प्रदेश नं ५ को राजधानी

रुपन्देही । प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा...   

भरतपुरमा एक सय छ वर्षीय वृद्धको मोतियाविन्दुको शल्यक्रिया

चितवन । भरतपुर आँखा अस्पतालको बहिरङ्ग सेवामा आज बिहान भेटिएका एक वृद्ध निकै खुशी देखिन्थ्य । एक सय...   

धुलिखेल–बर्दिवास सडकमा कालोपत्र शुरु

काठमाडौ । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न खण्डमा कालोपत्र शुरु गरिएको छ । चालू आर्थिक...   

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी...   

रोजगारी सिर्जना गर्ने उद्योगलाई करमा विशेष छुट

बागलुङ । बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट...   

कालिकोटमा विद्यालयको अनुगमन मोबाइलबाटै हुने

कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा...   

विप्लव समुहका नेता चुडामणि ओलीसहित १६ जना कारागार चलान

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका...   
हुन्छ भन्नेले हुन्छ भन्नुहोस् …सिको गर्दै गाउँपालिका बैठक

हुन्छ भन्नेले हुन्छ भन्नुहोस् …सिको गर्दै गाउँपालिका बैठक

मुग्लिन। सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले...   

शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा

काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिन लाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top