Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तस्बिरबाट महिलाको वस्त्र हटाउन मिल्ने एप बन्द

एजेन्सी । तस्बिरबाट महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने दाबी गरिएको एउटा एपलाई त्यसका निर्माताहरूले बन्द गरेका छन्।

पचास अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको वेबसाइटमा लेख छापिएपछि यसको आलोचना भएको थियो।

रिभेन्ज पोर्न अर्थात् प्रतिशोधको भावनाले अन्य व्यक्तिको नग्न तस्बिर वा भिडिओ वेबसाइटमा राख्ने कार्यविरुद्ध अभियान चलाएकाहरूले सो एपलाई खतरनाक भनेका थिए।

निर्माताहरूले विन्डोज र लाइनक्समा चल्ने एपका लागि संसार तयार नभएको भन्दै वेबसाइटबाट यसलाई निकालेका छन्।

एक जना निर्माताले ट्विटरमा लेखेका छन्- यसको दुरुपयोगको सम्भावना धेरै बढी छ। हामी यसरी पैसा कमाउन चाहदैनौँ।

सो एप किनेकाहरूले पैसा फिर्ता पाउने र अब यसपश्चात् सो एपको कुनै नयाँ प्रारूप नबनाउने उनीहरूले बताएका छन्।

उनीहरूले यो एप भएका मानिसहरूलाई त्यो शेयर नगर्न अनुरोध गरेका छन्।

निर्माता समूहले सो एप मनोरञ्जनका लागि केही महिना अगाडि बनाएको बताएका थिए। त्यसका लागि आर्टफिशल इन्टेलिजन्स अर्थात् यान्त्रिक चातुर्य प्रयोग गरिएको थियो।

सो सफ्टवेअर वेबसाइटमार्फत् दुई भर्जनमा उपलब्ध थिए। निस्शुल्क उपलब्ध भर्जनमा निर्माण गरिएको तस्बिरमाथि ठूलो वाटरमार्क हुन्थ्यो भने किनिएको भर्जनमा एउटा कुनामा ुफेकु लेखिएको सानो छाप हुन्थ्यो।

आफ्नो विज्ञप्तिमा निर्माताहरूले भनेका छन्- साँच्चै भन्नुपर्दा त्यसको काम गज्जब थिएन र निश्चित प्रकारको तस्बिरमा मात्रै काम गर्थ्यो।

मदरबोर्डमा लेख छापिएपछि एपको वेबसाइटमा आउने मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको थियो।

मदरबोर्डसँग कुरा गर्दै रिभेन्ज पोर्नविरुद्धको अभियान ब्याडयासका संस्थापक क्याटलिन बाउडेनले सो एपलाई डरलाग्दो भनेकी थिइन्।

अब कहिल्यै नग्न तस्बिर नखिचेका जो कोही पनि रिभेन्ज पोर्नबाट पीडित हुनसक्छ। यस्तो प्रविधि सार्वजनिक रूपमा उपलब्ध हुनुहुँदैन।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies