Khabar Dabali Logo
  July 17, Wed

‘प्रेमगीत ३’ मा नवनायक मनिष राउतकाे ‘इन्ट्रि’, नायिका को ?

काठमाडाैं । २०७६ कै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेश्रो गीत को बन्ने भनेर धेरैमा उत्सुकता छ । यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शक सामु सार्वजनिक गरेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा प्रतिभाशाली युवा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् ।

चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका मनिष राउतले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनीले दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभव छ ।

दर्शकले अत्याधिक रुचाएको प्रेमगीत सिरिजको तेश्रो श्रृखलामा यी नयाँ अनुहारलाई मुख्य अभिनेताको रुपमा इन्ट्रि गराएको हो । निर्माण टिमले नव अभिनेता राउतका केहि क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा उनि पुरानो जमानाको बन्दुक सहित देखिन्छन् भने अर्कोमा बन्चरो सहित देखिएका छन् ।

‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो चलचित्र नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउने पक्का भैसकेको छ । चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको चलचित्रलाई स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दैछन् ।

‘प्रेम गीत ३’ पहिलो र दोश्रो संस्करण भन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ ।

जेठ ३१ गते, २०७६ - १४:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाममा हतियारसहित २ जना पक्राउ

इलाम । इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, अझै यी स्थानहरुमा भारी बर्षाको संभावना

काठमाडौं। देशको पहाडी तथा तराईका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । फलस्वरुप देशका पहाडी...   

चितवनमा हात्तीको आक्रमणबाट घटनास्थलमै एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

हेटौंडाबाट फाखेल हुँदै काठमाडौँ जाने सडक अवरुद्ध

काठमाडौं । वर्षाको कारण हेटौंडाबाट फाखेल हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग अवरुद्ध भएको छ । वर्षाका...   

उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

सिरहा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त...   

वडासचिव कार्यालयमै मदिरामा पिएर लठ्ठ अवस्थामा भेटिएपछि…

काठमाडौं । कञ्चनपुरमा कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ...   
खुट्टा ढोग्न निहुरिएकी गर्भवती छोरीमाथि चक्कु प्रहार, शव फुटपाथमा भेटियो

खुट्टा ढोग्न निहुरिएकी गर्भवती छोरीमाथि चक्कु प्रहार, शव फुटपाथमा भेटियो

काठमाडौं। भारतको मुम्बईस्थित घाटकोपरक्षेत्रमा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको...   

बजारमा सुनको मुल्य कति छ ?

काठमाडौं । पछिल्लो केहि दिनदेखि सुनको मुल्य नेपाली बजारमा स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनको मुल्यमा...   

मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले...   
अमेरिकी राष्ट्रपति ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

अमेरिकी राष्ट्रपति ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top