Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भाइरल बनेका ‘उडिशाका मोदी’, जसलाई गम्भिर आपराधिक मुद्दा पनि छ

काठमाडौं । मई ३० मा भएको मोदी सरकारको सपथ कार्यक्रममा उडिशाबाट आएका एक व्यक्ति निकै चर्चित बने । भारतीय मिडियाले उनको विषयमा धेरै समाचारहरु पनि प्रकाशित गरे । उडिशाको सामान्य गाउँ अनि सामान्य झुपरीबाट आएका अति सामान्य अनि कमजोर जस्तो देखिने ६४ वर्षिया व्यक्तिले केन्द्रिय मन्त्रीको सपथ लिएपछि उनको चर्चा चुलिएको हो ।

ती चर्चीत व्यक्ति प्रताप चन्द्र सारंगी हुन् । उनी भाजपा उम्मेदवारको रुपमा उडिशाबाट लोकसभा चुनाव जितेर केन्द्रिय राज्यमन्त्री बनेका छन् । साइकलमा घण्टी बजाउँदै हिड्दै सांरगीलाई मोदी सरकारले सुक्ष्म, लघु र मध्यम उद्योग मन्त्रालयको साथ साथै पशुपालना, डेरी र मत्स्य पालना विभागको जिम्मा दिएको छ ।

\"Image

अहिले उनिबारे सामाजिक सञ्जालमा खुबै चर्चा गरिएको छ । धेरैले उनको सामान्य जीवनको चर्चा गरेका छन् । अविवाहित सामान्य झुपडीका व्यक्ति भएको कारण पनि उनलाई ‘मोदी’ उपनाम पनि दिइएको छ । उनलाई मानिसहरुले सामाजिक सञ्जाल मार्फत ‘उडिशाका मोदी’ पनि भनेका छन् ।

सारंगीसँग नगद मात्रै जम्मा १५ हजार
भाजपाका धेरैजसो सांसद करोडपति छन् । कोही सांसद भारतकै धनाड्य अन्तर्गत पनि पर्दछन् । तर प्रताप चन्द्र सारंगी, अति सामान्य आर्थिक स्तरका व्यक्ति भएको जनाइएको छ । उनिबारे भारतीय मिडियाले जनाएअनुसार, सांरगीको साथमा चुनाव लड्दाखेरि जम्मा १५ हजार नगद थियो । उनको चलसम्पत्ति डेढ लाख रुपैयाँ र अचल सम्पत्ति कुल १५ लाख रुपैयाँको छ । जबकि २०१९ को लोकसभा चुनावमा उठेका अधिकांश उम्मेदवारको व्यक्तिगत औषत सम्पत्ति ४ करोडभन्दा माथि छ ।

\"\"

केही गम्भीर मुद्दा पनि
सामान्य शैलीका जस्तो देखिने सांरगीको विषयमा अनेकन चर्चा भइरहँदा सारंगीबारे भारतीय मिडियाले अर्को तथ्य सार्वजनिक गरेका छन् । देख्दा सादगी जीवनका सारंगीबारे अनेकन खालका गम्भीर मुद्दा लागेको तथ्य बाहिरिएको छ । उनी विरुद्ध सातवटा गम्भीर खालका आपराधीक मुद्दा लागेको बताइएको छ । उनिविरुद्ध दंगा फैलाउने, धर्मको आधारमा मानिसहरुबीच घृणाको वातावरण पैदा गराउने, मानिसहरुलाई आपराधिक खालका धम्की दिंदै पैसा असुल गर्ने जस्ता मुद्दा लागेको छ । धार्मिक कट्टरपन्थी राजनीतिक पृष्ठभूमि भएका सारंगीलाई उडिशामा हुने धेरै जसो धार्मिक दंगाहरुमा प्रत्यक्ष संलग्न भएको भन्दै प्रहरीले पटक–पटक पक्राउ पनि गरेको थियो ।

विधानसभा भवनमाथि आक्रमणको आरोप
मार्च २००२ मा उडिशामा भएको धार्मिक दंगामा सारंगीलाई मुख्य दोषी मान्दै प्रहरीले पक्राउ गरेको थियो । त्यससमय उनि उग्र हिन्दुत्ववादी संगठन बजरंग दलका प्रदेश अध्यक्ष थिए । करिब ५ सय जनाको मानिसहरुको भीडले उडिशा विधानसभाको भवनमा हमला गरेको थियो । त्रिशुल र लाठिसहितको भीडले भवनलाई क्षति पुर्याएको थियो । उनिहरुले अयाेध्यामा भएकाे विवादित भूमि राममन्दिरको लागि दिनुपर्ने माग गरेका थिए ।

दुई बालकलाई जिउँदै जलाएको आरोप
जनवरी १९९९ मा एक अष्ट्रेलियाली व्यवसायीका दुई छोरालाई एउटा भीडले जिउँदै जलाईदियो । ७ र ११ वर्षिया बालकलाई इशाई भएको कारण जिउँदै जलाइको थियो । त्यस समयमा पनि सांरगीमाथि जलाएकाे आरोप लागेको थियो । तर पछि उनलाई कारबाही हुन सकेन । राजनीतिक संलग्नताकाे कारण उनिमाथी कारबाही नभएकाे टिप्पणी मिडियाले बताउँदै आएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies