Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भियनास्थित नेपाली दूतावासको स्वागत समारोहमा उपराष्ट्रपति

भियना। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । स्थानीय समय अनुसार मंगलबार राति आयोजित स्वागत समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गरेकाे हाे ।

उपराष्ट्रपति पुनले नेपाल स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्दै नेपालको समृद्धिको यात्रामा विदेशमा बसोबास गर्ने नेपाली समुदायले योगदान दिनुपर्ने बताए । उनले विदेशमा बस्दा कमाएको पूँजी, सिकेको सिपलाई नेपालको विकास प्रक्रियामा प्रयोग गर्न आग्रह गरे।

‘नेपाल समृद्धिको अभियानमा छ । यो अभियान सफल पार्न देश तथा विदेशमा बस्ने सबै नेपालीहरुको भूमिका हुनुपर्दछ’, उनले भने, ‘नेपालमा लगानीको प्रशस्त सम्भावना छ । तपाईंहरु ठूलो पूँजी हुनेले एकल लगानी गर्नुस्, साना पूँजी हुनेले सामुहिक लगानी गर्नुस् । यसबाट नेपालको समृद्धिको यात्रामा विदेशमा बस्ने नेपाली समुदायको योगदान हुनेछ ।’
उपराष्ट्रपतिले नेपालमा आएको राजनीतिक परिवर्तनप्रति गौरव गर्न विदेशमा रहेका नेपाली समुदायलाई आग्रह गरे । ‘नेपालको परिवर्तनप्रति कसैले चित्त दुखाउनु पर्दैन । प्राप्त परिवर्तनप्रति गौरव गर्नुपर्दछ’, उनले भने, ‘हाम्रो संविधान विश्वकै उत्कृष्ट छ । कसैलाई त्तित नबुझे संविधान भित्रै रहेर छलफल गरौँ ।’

उपराष्ट्रपतिले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको बताउदै त्यस बारे प्रचार प्रसार गर्न यहाँका नेपाली समुदायलाई आग्रह समेत गरे। ‘तपाईंहरुले विदेशी समुदायमा नेपालको बारेमा सकारात्मक सन्देश दिनुहोस् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ । यसको प्रचार प्रसार गर्न सहयोग गर्नुहोस्’, उनले भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies