Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

कस्ता मित्र बनाउने ? चाणक्यले यस्तो सुझाएका छन्

काठमाडौं । आचार्य चाणक्यले सुसंगत र कुसंगत व्यक्तिबाट जीवनमा कसरी प्रभाव पर्छ भन्ने कुरा नीतिशास्त्रमा खोलेका छन् । चाणक्यले नोकरी, रुपैयाँ पैसा, भविष्य र जीवनसँग जोडिएका कुराहरुमा व्यक्तिका नजिकका मानिसहरुले प्रभाव पार्ने बताएका छन् ।

उनले दुराचारी साथी हुनुभन्दा व्यक्ति एकलै हुँदा जीवन सुखी हुने बताएका छन् । अन्यथा जीवनमा सुख चैन्य भन्ने नहुने चाणक्यको तर्क छ । आउनुहोस् जानौं कस्ता साथीबाट टाढिन चाणक्यले सुझाएका छन् ।

आचरण गलत हुनेबाट
यस्ता साथी जसको आचरण ठिक छैन । जसले आफ्नै माता–पितालाई पनि सम्मान गर्दैन । आफ्नै पत्नी र बच्चालाई पनि माया गर्दैन । यस्ता व्यक्तिलाई साथी बनाउनु हुँदैन । चाणक्य आफैंलाई जन्म दिने माता–पितालाई सम्मान गर्न नसक्ने व्यक्तिले अरुसँग मित्रता निभाउन नसक्ने बताउँछन् ।

जो व्यक्तिको दृष्टिमै पाप छ
आचार्य चाणक्यले सोंचमै पाप हुने व्यक्तिसँगको मित्रता पनि हानिकारक हुने बताएका छन् । सोंचमै पाप हुने व्यक्तिसँग मित्रता गर्दा आफैं समस्यामा पर्न सक्ने आचार्यको तर्क छ । यदि व्यक्तिकै दृष्टिमा पाप छ भने उसले तपाईं अनि तपाईंका परिवारप्रति नै कुदृष्टि राख्न सक्छ ।

गलत ठाउँमा रहने
कुनै व्यक्ति गलत वातावरणमा रहेको छ भने त्यो स्थानको प्रभाव अवश्य नै व्यक्तिका व्यवहारमा हुन्छ । जो आफैं गलतबाट दुर छैन् त्यस्तो व्यक्तिसँग मित्रता गर्दा तपाईंको जीवनमा पनि गलत नै प्रभाव पर्छ । आचार्य चाणक्यले राम्रो संस्कार र राम्रो वातावरणमा रहेको व्यक्तिसँग मात्रै मित्रता गाँस्न सुझाएका छन् ।

दुर्जन आनीबानीमा परेको पुरुषबाट टाढा रहनु
जो व्यक्ति गलत आनीबानीको घेराभित्र छ, उसँग मित्रता गाँस्नु हुँदैन । त्यो व्यक्तिको गलत आनीबानीले तपाईंको जीवनलाई नै पुरै प्रभावित बनाउन सक्छ । त्यसकारण आचार्य चाणक्य सदैव दुर्जन होइन स्वजनको साथ रहन सल्लाह दिन्छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies