Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मधेशी सांसदहरु स्वतन्त्र तिब्बतको कार्यक्रममा गएपछि…

काठमाडौं । प्रतिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादव ‘स्वतन्त्र तिब्बत’को वकालत गर्ने अन्तराष्ट्रिय सम्मेलन भाग लिन गएको विषयले चर्चा पाएको छ । मधेशीको वकालत गर्ने सांसद ‘स्वतन्त्र तिब्बत’को अभियानमा सरिक हुन पुगेपछि प्रतिनिधि सभामै चर्चा चलेको हो ।

संसदमै चर्चा भएपछि सभामुख कृष्णबहादुर महराले पनि यो विषयमा गम्भिर चासो राखेका थिए । सभामुखको चासोपछि सांसदद्वयले सोमबार विज्ञप्ती नै निकालेर प्रष्टीकरणसमेत सार्वजनिक गरेका छन् । सभामुख महरालाई पनि प्रष्टीकरण बुझाइसकिएको जानकारीमा आएको छ ।

के छ त प्रष्टीकरणमा ?
सांसदद्वय एकवाल मियाँ र प्रदीप यादव ‘स्वतन्त्र तिब्बत’को वकालत गर्ने अन्तराष्ट्रिय सम्मेलन भाग लिन गएको विषयले चर्चा पाएपछि सोमबार विज्ञप्ती मार्फत प्रष्टीकरण दिन बाध्य भए । उनिहरुले निकालेको विज्ञप्तीमा अज्ञानतावश ‘स्वतन्त्र तिब्बत’को वकालत गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेको भन्दै आफुँहरुको बचाउ गरेका छन् ।

उनीहरुले जानाजान नभई अज्ञानतावश लाटिभयाको राजधानी रिगामा भएको स्वतन्त्र तिब्बतको वकालत गर्ने ‘तिब्बतबारे सातौँ विश्व संसदीय सम्मेलन’मा भाग लिन पुगेको बताएका छन् । उनिहरुले व्यक्तिगत भ्रमणका क्रममा टर्की, स्वीजरल्यान्ड र लाट्भिया गएका बेला भुलबस कार्यक्रममा सरिक भएको भन्दै क्षमायाचनासमेत गरेका छन् ।

‘नेपालको संविधान, प्रचलित कानुनले निर्धारण गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल सरकारको एक चीन नीतिप्रति हाम्रो सदैव प्रतिवद्धता र दृढ समर्थन रहेको कुरा हृदयदेखि नै व्यक्त गर्न चाहन्छौँ’, विज्ञप्तीमा भनिएको छ । बैशाख २४ देखि २७ गतेसम्म लाटभियामा भएको सम्मेलनमा स्वतन्त्र तिब्बतसम्बन्धी कार्यपत्रहरूमा छलफल भएको थियो ।

आफ्नै पार्टीमा पनि शंकामा
आफुँ संलग्न पार्टीलाई समेत जानकारी नदिई कार्यक्रममा सहभागी भएपछि संलग्न पार्टीमा सांसदद्धय शंकाको घेरामा परेका छन् । उनिहरुले पार्टीभित्र पनि स्पष्टीकरण दिएको विषय सार्वजनिक भएको छ ।

मियाँ राष्ट्रिय जनता पार्टी, नेपालका सांसद हुन् भने यादव समाजवादी पार्टी, नेपाल (तत्कालीन संघीय समाजवादी फोरम, नेपाल)का सांसद हुन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies