Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मदिराजन्य पदार्थको व्यवसाय सम्बन्धी अदालतको निर्णय कार्यान्वयन नगर्न आदेश

रूकुम । इजाजतपत्र प्राप्त मदिराजन्य पदार्थको पेशा व्यवसायमा रोक नलगाउन उच्च अदालत सुर्खेतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले उच्च अदालतको आदेश निवेदनको पूर्ण टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो ।

जिल्ला समन्वय समितिको निर्णयमा समाजको वृहत्तर हितलाई ध्यानमा राखी वैधानिकरूपमा अनुमति लिई मदिराजन्य पदार्थ उत्पादन, बिक्री वितरणलाई व्यवस्थित गर्ने र मापदण्डविपरीत भएको पाइएमा बन्द गराउने भन्ने उल्लेख भएको देखिएकाले इजाजतपत्र प्राप्त मदिरा व्यवसायमा रोक नलगाउन उच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ ।

मदिराका कारण जिल्लामा आपराधिक गतिविधिमा वृद्धि भएको भन्दै यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमले गत माघ ५ गते जिल्लामा मदिरा व्यवस्थापन गर्न मदिरा आयात, उत्पादन र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार माघ ६ गतेबाट जिल्लामा मदिरा आयात बन्द भएको थियो भने गत फागुन १६ गतेबाट मदिरा बिक्री वितरण तथा सेवनमा रोक लागेको थियो ।

निर्णय खारेजको मागसहित मदिरा व्यवसायीले दिएको मुद्दामा गत फागुन ३० गते उच्च अदालत सुर्खेतले मदिरा व्यवसाय सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले उक्त आदेश कार्यान्वयन नगर्न आदेश दिएपछि अब जिल्ला समन्वय समितिले गरेको निर्णय कार्यान्वयन हुने समितिका प्रमुख राजकुमार शर्माले बताए ।

मदिरा व्यवसायी सङ्घले वैधानिकरूपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । सङ्घका अध्यक्ष नवीन खड्काले भने “अदालतले भनेको हामी मान्छौँ, हामीलाई विश्वास छ, इजाजतपत्र प्राप्त व्यवसाय सञ्चालनका लागि अदालतले फैसला गर्ने छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies