Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट...

काठमाडौँ । विसं २०७२ मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए । कतिपय जीवनकै अन्तिम क्षणको अनुभूत गर्दै थिए ।

कतै अलापविलाप, कतै कोही पुरिएका आफन्त निकाल्न कसरत गर्दै थिए । सरकार, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि उद्धार सामग्रीसहित भूकम्पले क्षति पु¥याएका क्षेत्रमा पुगेर उद्धारमा खटिएका थिए तर अहिले त्यो बेलाको चित्कार भुल्दै देश पुनःनिर्माणको महाअभियानमा जुटेको छ ।

सरकार पनि भूकम्पबाट लागेको घाउमा मलम लगाउने प्रयासमा जुटिरहेको छ । पुरातात्विक महत्वका संरचना अहिले उठ्ने क्रममा छन् । यस्तैमध्येको एक संरचना काठमाडाँैको त्रिपुरेश्वरमा रहेको ललितत्रिपुरासुन्दरी मन्दिर पनि हो । राजा रणबहादुर शाहकी पाँचाँै श्रीमती ललितत्रिपुरासुन्दरीले उहाँको स्मृतिमा बनाएको मन्दिर भूकम्पले क्षतविक्षत बनाएको थियो ।

पुनःनिर्माणका क्रममा रहेको उक्त मौलिक र पुरातात्विक क्षेत्रको सम्पदा क्षेत्रमा शिल्पकारहरु काठमा विभिन्न आकृतिका बुट्टा कुँद्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पुग्नुभयो । बिहान ११ः१० बजे मन्दिर प्रवेश गरेका उनले २५ मिनेट बिताएर त्यहाँको पुनःनिर्माणको अवस्थाबारे जानकारी लिए ।

उनलाई काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ मकाजु र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको अवस्थाबारे जानकारी गराए । त्यहाँ कोही मजदूर आरा चलाउँदै थिए, कोही काठमा बुट्टा कुँद्दै थिए भने कोही भित्ता उठाउँदै थिए । अधिकांश क्षेत्रमा आधाआधी काम भइसकेको देखिन्थ्यो ।

पुनःनिर्माणले गति लिएकामा प्रधानमन्त्री ओलीको मुहारमा चमक देखिन्थ्यो । कलाकार तथा मजदूरको कामका गतिविधिबारे चाखपूर्वक अवलोकन गरका प्रधानमन्त्री ओलीलाई आज नौमती र धिमेबाजा बजाएर स्वागत गरिएको थियो । आजै प्रधानमन्त्री ओलीले काठमाडौँको भूगोलपार्क र वसन्तपुर क्षेत्रको पुनःनिर्माणको अवस्थाबारेमा समेत स्थलगत निरीक्षण गरेका थिए ।

त्यहाँको पुनःनिर्माण परियोजना निर्देशक लोचन रिजालले भने “प्रधानमन्त्रीले आज अवस्थाबारे निरीक्षण गरे, उनी अर्को पटक आउँदा यो पूरा गर्ने हाम्रो प्रतिबद्धता छ ।”

पुरातात्विक सम्पदालाई विश्वविद्यालयमार्फत अनुसन्धान र प्रयोगमा ल्याई शिक्षा दिने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले पुनःनिर्माणको अगुवाइ गरिरहेको छ । “मुख्यतः कला सङ्गीतको दिगो विकास गर्ने नै हो, परम्परागत सीप र ज्ञानलाई प्रयोगमा नल्याउने हो भने यसको महत्व हुँदैनन्, समुदायलाई क्याम्पसमा जोड्न मात्रै खोजेको हो”, रिजालले थपे।

यहाँको क्षेत्र भूकम्प अगाडि दुरुपयोग भएको थियो । अहिले परम्परालाई नमासिने गरी सुन्दर उद्यानसहितको पुनःनिर्माणको काम जारी छ । अहिलेसम्म ३० प्रतिशत निर्माण भएको जनाइएको छ ।

पुनःनिर्माणमा बाजा बनाएर कमाएको रु १९ लाख तथा विश्वविद्यालयको रु दुई करोड छ भने थाई नागरिकबाट सङ्कलन भएको रु १७ करोड नेपाल सरकारमार्फत आएको छ । “सरकारलाई ठूलो धन्यवाद किन दिनुपर्छ भने ज्ञान र यहाँको मूर्त संरचनालाई जोडेर नयाँ शिक्षा र सिकाइ दिन खोजिएको छ”, रिजालले भने ।

झण्डै १५ रोपनी जग्गामा फैलिएको यहाँ नौ रोपनी क्षेत्र शिवको मन्दिर छ । आकर्षक उद्यानसहितको पुनःनिर्माणको काम पाटन दरबार स्क्वायरको डिजाइन गर्ने कलाकार डा रोहित रञ्जितकारको डिजाइनमा काम भइरहेको छ । प्राधिकरणका अनुसार ७७३ सांस्कृतिक सम्पदामध्ये २२४ पुनःनिर्माणको क्रममा रहेको र २१२ पुरानै अवस्थामा फर्किसकेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies