Khabar Dabali Logo
  July 21, Sun

पहिलो राष्ट्रिय परिचयपत्र वाहकको निधन

पाँचथर। नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकि पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उहाँका आफन्त सूर्य अधिकारीले जानकारी दिए । उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।

नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेका थिए।

भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको शुरुआत समेत गरिएको थियो । गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरेर विवरण सङ्कलन कार्यको सुरुआत भएको थियो । दिवङ्गत भण्डारीका दुई छोरा र एक छोरी छन् ।

पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको फिल्ड कार्यालय तथा इलाका प्रशासन कार्यालय रवीबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ । जिल्लाका ६० वटै वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शिविर तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भइसकेको फिल्ड कार्यालयले जनाएको छ । नेपाल सरकारले पाँचथरका एक लाख १० हजार नागरिक तथा सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यअनुसार कार्य भइरहेको छ ।

बैशाख २ गते, २०७६ - १२:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

काठमाडौं । नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व। अरुण थापा मगरको आइतबार राजधानीमा सम्झना...   
शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण...   

प्रहरीमाथि गोली चलाउने राजु स्याङ्तान पेस्तोलसहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ...   
साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

काठमाडौं । नायिका साम्राज्ञी आरएल शाह अहिले फुर्सदमा छिन् । उनी ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायांकन...   

नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका लागि छानबिन समिति गठन

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युत्को डेडिकेटेड र ट्रङ्कलाइन...   

साझा पार्टीद्वारा सात नयाँ सदस्य मनोनित

काठमाडौं । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय,...   
होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

काभ्रे । होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा...   
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम...   

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम...   

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top