Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पृथ्वीको वायुमण्डलमा एउटा विशाल उल्का विस्फोटन

नासाका अनुसार पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको थियो।

उक्त विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भए यताको सबैभन्दा ठूलो।

तर रुसको कामचात्का प्रायद्वीपको तट पारी बेरिङ सागरमाथि विस्फोट भएको हुनाले त्यसप्रति अहिलेभन्दा अघि धेरैको ध्यान गएको थिएन।

उक्त अन्तरिक्ष चट्टान विस्फोट हुँदा त्यसबाट निस्केको उर्जा हिरोसिमा परमाणु बमबाट निस्केको भन्दा १० गुणा बढी थियो।

नासाका ग्रह प्रतिरक्षा अधिकारी लिन्डले जनसनले बीबीसी न्यूजलाई भनेका छन्, यति ठूलो आकारको उल्का विस्फोट प्रत्येक १ सय वर्षमा दुई वा तीनपटक मात्र हुने अनुमान गरिन्छ।

१८ डिसेम्बरको स्थानीय समय अनुसार मध्यान्हको समयमा, एउटा क्षुद्रग्रह ३२ किलोमिटर प्रति सेकेण्डको वेगमा सात डीग्रीको कोणबाट वायुमण्डलमा प्रवेश गरेको थियो।

केही मिटरको आकार भएको उक्त उल्का पृथ्वीको सतहभन्दा २५ दशमलव ६ किलोमिटरमाथि विस्फोट हुन पुगेको थियो र त्यसबाट निस्केको उर्जा १ सय ७३ किलोटन थियो।

ूत्यो चेल्याविंस्क घटनामा उत्सर्जन भएको उर्जाको ४० प्रतिशत मात्र हो, तर त्यो बेरिङ सागरमाथि भएकोले त्यसबेलाको जस्तै प्रभाव त्यसले पार्न सकेन र समाचारहरूमा त्यसको चर्चा भएन,ू नासाको पृथ्वी नजिकका बस्तुहरू निरीक्षण कार्यक्रमकी केली फास्टले बताइन्।

ूहाम्रो ग्रहमा पानीको मात्रा प्रशस्तै छ, त्यो हामीसंग उपलब्ध प्रतिरक्षाको अर्को व्यवस्था हो।ू

टेक्ससको ह्युस्टन नजिकैको द उडल्याण्डस्‌ आयोजित चन्द्र र ग्रह विज्ञान सम्मेलन, ५० औं लुनार एण्ड प्ल्यानेटरी साइन्स कन्फेरेन्समा भएको छलफलका क्रममा डाक्टर फास्टले यसबारे जानकारी दिएकी हुन्।

सैनिक भूउपग्रहहरूले गत वर्ष उक्त विस्फोटबारे थाहा पाएका थिएस नासालाई उक्त घटनाका बारेमा अमेरिकी हवाई सेनाले जानकारी गराएको थियो।

डाक्टर जनसनले उक्त आगोको विशाल डल्लो उत्तर अमेरिका र एसियाबीच व्यापारिक उडानहरू हुने बाटोदेखि नजिकैको क्षेत्रमा प्रवेश गरेको बताइन्।

त्यसैले अनुसन्धानकर्ताहरूले उक्त घटना कसैले देखेको थियो की भन्ने बारे जानकारी प्राप्त गर्न विमानसेवाहरूसँग सोधखोज गर्दैछन्।

सन् २००५ मा, अमेरिकी कंग्रेसले नासालाई सन् २०२० सम्ममा पृथ्वी नजिकका १ सय ४० मिटर वा त्यो भन्दा ठूलो आकारका क्षुद्रग्रह कति छन् भनेर पत्ता लगाउने जिम्मा दिएको थियो।

यी आकारका अन्तरिक्ष चट्टानलाई ूराहदानी विनाका समस्याहरूू पनि भनिन्छ किनभने तिनीहरू पृथ्वीमा ठोक्किएमा त्यसबाट ठूलो क्षेत्रमा असर पर्न सक्ने अनुमान गरिएको छ।

तर वैज्ञानिकहरूले कंग्रेसले दिएको यो निर्देशन पूरा गर्न नासालाई अर्को ३० वर्ष लाग्ने आकलन गरेका छन्।

नियोक्याम अवधारणाले १ सय ४० मिटर र त्यो भन्दामाथिका पत्ता लाग्न बाँकी धेरै क्षुद्रग्रह पत्ता लगाउने उद्देश्य राखेको छ
एकपटक पृथ्वीतर्फ आउँदै गरेको वस्तुको पहिचान भएपछि, त्यसको कक्षको सही निर्धारणको आधारमा त्यो पृथ्वीमा कता ठोक्किन्छ भनेर आकलन गर्नमा नासाले केही उल्लेख्य सफलता हासिल गरेको छ।

सन् २०१८ को जुन महिनामा, एउटा सानो ३ मिटरको क्षुद्रग्रह २०१८ एलएलाई त्यो पृथ्वीमा ठोकिन सक्ने अनुमानित समयको ८ घण्टाअघि नै एरिजोनामा रहेको स्थलगत बेधशालाले पत्ता लगाएको थियो।

नासाको जेट प्रोपल्सन ल्याबोरेटरीस्थित सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिजले त्यसपछि उक्त छुद्रग्रहको कक्षको सटिक निर्धारण गरेको थियो।

त्यसको प्रयोग गरेर पृथ्वीमा असर पर्न सक्ने सम्भाव्य क्षेत्र पत्ता लगाउने गणना गरिएको थियो।

र, उक्त अन्तरिक्ष चट्टान दक्षिणी अफ्रिकामा खस्ने देखिएको थियो।

उक्त गणनाले सुझाए जस्तै, बोत्स्वानाको आकाशमा उक्त उल्का विस्फोट भएको दृश्य त्यहाँको एउटा खेतमा रहेको सुरक्षा क्यामराले खिचेको थियो। उक्त अन्तरिक्ष चट्टानका अवशेषहरू पछि त्यस क्षेत्रमा फेला परेका थिए। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies