Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

के तपाईंमा पनि निद्रामा हिँड्ने समस्या छ ?

कतिपय व्यक्ति यस्ता हुन्छन्, जो सुतिरहेको अवस्थामा वा मस्त निद्रामा पनि उठेर हिँड्छन् । यसरी निद्रामा उठेर हिँड्ने प्रवृत्ति दुर्लभ चाहि होइन । धेरैजसो व्यक्तिमा यस किसिमको समस्या हुन्छ । यो समस्या नै हो, किनभने निद्रामा हिँड्दा अरुसमस्या आइपर्न सक्छ । यस्ता समस्या झेल्नेहरु समाजमा प्रशस्तै भेटिन्छन् । जस्तो कि, सिमराका रामहरी अधिकारी ।

अधिकारी निद्रामा हिँड्ने गर्छन् । निद्रामै हिँड्ने क्रममा एक पटक त उनले हदैसम्मको व्यवहार देखाए । उनी आफ्ना दाजुसँग सुतिरहेका थिए । अचानक नजिकै रहेको गलैचा काँधमा उचालेर कोठाबाट बाहिर निस्कदै ‘गलैचा लिने हो गलैचा’ भन्दै अचानक कराउन थाले ।
दाजु बिउँझिए र भाईलाई रोक्ने प्रयास गरे । उनलाई थाहा भयो, रामहरीलाई निद्रामा हिँड्ने समस्या रहेछ ।

रामहरी यसपटक मात्र होइन, पटक पटक निद्रामा हिँड्ने गर्थे । आफुमा यस किसिमो प्रवृत्ति विकास भएको दश वर्ष बितिसक्दा पनि आफू निद्रामा हिँड्नुको रहस्यबारे थाहा छैन । भन्छन्, ‘म निद्रामा हिँड्छु भनेर त धेरैले भनिसकेका छन् । तर किन हिँड्छु, कसरी हिँड्छु आफैलाई थाहा हुँदैन’ ।

चिकित्सकहरुका अनुसार हिँड्नु स्वास्थ्यका राम्रो हो । दिनमा कम्तीमा आधा घण्टा हिँडेमा मुटु स्वस्थ हुनुका साथै शरीर स्फूर्त हुन्छ । तर हिँड्ने भन्दैमा राती निद्रामा पनि हिँड्नु भनेको चाहिँ स्वास्थ्य सम्बन्धी गम्भीर समस्या हो । किनकी निद्रामा हिँड्दा व्यक्ति शारीरिक रुपमा सक्रिय रहन्छ । यद्यपी, उसलाई त्यसबेला गरेको गतिविधिबारे केही थाहा हुँदैन । जसले गर्दा उसको प्रत्येक गतिविधिले उसलाई असर गर्न सक्दछ ।

कसलाई हुन्छ यो समस्या ?

निद्रामा हिँड्ने समस्यालाई चिकित्सकीय भाषामा ‘सोम्नाबुलिज्म’ पनि भनिन्छ । यो निद्रा सम्बन्धी सामान्य विकार हो । यो समस्या वयष्कको तुलनामा बालबालिका तथा युवालाई धेरै देखिन्छ । बालबालिकामा तन्त्रिका तन्त्रको राम्ररी विकास नहुने र उनीहरुमा एन ३ निद्राको कमी हुने भएकोले पनि यो समस्या बालबालिकालाई धेरै हुने गरेको अनुमान छ । एक तथ्यांक अनुसार दश प्रतिशत तीन देखि दश वर्षको उमेरका बालबालिकालाई कुनै न कुनै समयमा यो समस्या अवश्य हुने गर्छ । त्यस्तै, पाँच वर्षको उमेरका बालबालिकामा यो समस्या आम मानिन्छ ।

थकान, निद्राको कमी, चिन्ता तथा उच्च ज्वरोका कारण पनि यो समस्या हुने गर्छ । वयष्कहरुमा मदिराको अत्याधिक सेवन, विभिन्न औषधी, तथा निद्राको औषधीको सेवनका कारण पनि यो समस्या देखिने गर्छ । त्यस्तै, मानसिक विकासका कारण पनि वयष्कहरुमा यो समस्या निम्तिने गर्छ । कसैकसैलाई वंशाणुगत कारणले पनि यो समस्या हुने गर्छ ।

स्लीपवाकिङ्ग ९निद्रामा हिँड्ने समस्या० भएमा यसले मानसिक कार्य न्युरो कग्निटिभ डिसअर्डर सम्बन्धि कमीको कारण बन्न सक्छ ।

निद्रामा हिँड्दाको लक्षण

निद्रामा हिँड्दा मानिसहरुले हिड्ने बाहेक पनि अन्य थुप्रै गतिविधि देखाउन सक्छन् । यसको प्रमुख लक्षणमा निद्राकै क्रममा ओछ्यानमा सामान्य तरिकाले बस्नु देखि दायाँबायाँ हेर्नु, कोठा वा घरबाहिर हिड्नु तथा गाडी चलाउनेसम्म पर्दछ ।

सामान्य व्यक्तिहरुमा एक देखि १५ प्रतिशत सम्म रहने यो समस्या व्यक्तिमा केही सेकेण्ड वा मिनेटसम्म रहिरहन सक्छ । कसैकसैमा यो समस्या आधा घण्टा पनि हुनसक्छ । कतिपयमा यो क्रम दश मिनेट भन्दा कम समय चल्ने गर्छ ।

यो कुनै मानसिक विकार नभएका कारण कुनै अवरोध नभएमा निद्रामा हिँड्ने व्यक्ति निश्चित गतिविधि पश्चात्त निद्रामा जागेका व्यक्ति पुन आफ्नै ठाउँमा गएर सुत्ने गर्छन् ।

निद्रामा हिँड्ने व्यक्तिहरुले यस्तो लक्षण देखाउने गर्छन् ।

-विचलित हुन वा दिग्भ्रमित हुनु ।

-अरुले बोलाएमा वा जागृत गरेमा आक्रमक हुने ।

-अनुहारमा शुन्यत छाउने

-निद्रामा पनि आँखा खोल्ने

-व्यझिएको बेलामा निद्रामा गरेको कुनै पनि गतिविधि याद नहुुनु

-निद्रामा बरबराउनु

-निद्रामा हिड्नु

निद्रामा हिँड्नुको कारण

जब हामी सुत्छौ तब हाम्रो मस्तिष्कले निद्राको पाँच चरण पार पर्छ । यस प्रकृयामा एउटा निद्राको चक्र हुनछ । यो चक्र ९० देख सय सम्म रहन्छ । जब हामी हल्का निद्रामा रहन्छौ, तब आँखा बेस्सरी घुम्छ र ज्वलन्त सपना देखिन्छ । प्रत्येक रात मानिहरु नन् रेम र रेम निद्राबाट गुज्रने गर्छन् । निद्रामा हिड्ने समस्या प्रायः गहिरो निद्रा अर्थात नन् रेम (एन ३ निद्रा)का क्रममा हुने गर्छ ।

त्यसैले, एउटा व्यक्तिले निद्रामा यो चरणको अनुभव गर्दछ ।

निद्रामा हिँड्ने समस्या तीन देखि चार चरणको बीचमा हुन्छ । यस चरणमा कुनै व्यक्तिलाई उठाउन निकै मुश्किल हुन्छ र व्यक्ति व्युझिएमा उसले केही समयको लागि भ्रमित महसुस गर्दछ ।

निद्रामा हिँड्ने समस्याबाट बच्ने तरीका

निद्रामा हिँड्ने समस्याबाट बच्नकै लागि विशेष उपचार गरिदैन । यद्यपी, सुत्ने समयमा मदिराको सेवन नगरेर, अनिद्राको समस्यालाई कम गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ । त्यस्तै, तनाव, चिन्ता र संघर्षबाट बचेर पनि यो गम्भीर समस्या निम्तिनबाट बच्न सकिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies