Khabar Dabali Logo
  August 19, Mon

अब इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जर एकीकृत पारिँदै

फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ। यी तीनैवटा एप्स छुट्टाछुट्टै रहनेछन्, तर तीनै एप्सबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढंगबाट तिनलाई जोडिने बताइएको छ। फेसबुकले यो लामो प्रकृयाको शुरुवात गरिसकेको बीबीसीलाई जानकारी दिएको छ।

सो योजनाबारे पहिलो पटक न्यूयोर्क टाइम्सलाई जानकारी गराइएको थियो जुन फेसबुकका संस्थापक मार्क जकरबर्गको निजी परियोजना बताइएको छ। यो लामो प्रकृयाको अन्तपछि एक जना फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप मात्र प्रयोग गर्ने अर्का व्यक्तिसँग सीधै सम्पर्क गर्न सक्नेछ जुन हाल सम्भव छैन। सन् २०१९ को अन्त वा अर्को वर्षको शुरुमै यो परियोजना पूर्ण हुने बताइएको छ।

फेसबुक सुरक्षा उल्लङ्घनस् ५ करोड खातामा आक्रमण
‘दशवर्षे चुनौती’ को संसारभरि यति चर्चा किन र यसका जोखिम के हुन्
के हो फेसबुकको योजना ?

अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्। बीबीसीका प्रविधि संवाददाता क्रिस फक्स भन्छन् फेसबुकले यसबारे जानकारीहरू बाहिर ल्याउन चाहेको थिएन। तर न्यूयोर्क टाइम्ससँगको कुराकानीमा ती कुराहरू लुक्न सकेनन्।

अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्। मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबुकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ। उसले थप प्रतिस्पर्धी नयाँ नयाँ फिचरहरूको विकास गर्नुपर्ने छैन। एकीकृत मेसेजिङपछि एउटा एपमा चलेको व्यवसायबारे अर्को एपका प्रयोगकर्तालाई समेत सजिलै जानकारी पठाउन सकिने छ। यसले फेसबुकको डाटा तीनवटै एपहरूमा पठाउन सक्नेछ। यसबाट विज्ञापनको दायरा बढ्नेछ।

तर अझ महत्त्वपूर्ण कुरा चाहिँ यसले फेसबुकको एपहरूलाई एक अर्कोसँग अझ धेरै गाँसिएको बनाउने छ। यसले भविष्यमा सरकार वा नियामक निकायले आवश्यक ठानेपनि फेसबुकको ुसाम्राज्युलाई टुक्र्याउन झन् कठिन बनाउने छ।

साझा तथ्याङ्क
फेसबुकका संस्थापक मार्क जकरबर्गले एकीकरणको योजना अघि बढाउन मिहिनेत गरिरहेका छन्। उनले तीनवटै एपको मेसेजिङ सेवालाई एकीकृत गरेपछि मानिसहरूले ज्यादा समय त्यसमा विताउने अपेक्षा गरेका छन्। तीनवटै एपका प्रयोगकर्ताहरू फेसबुक अन्तरगत रहने र प्रयोगकर्ताहरूको त्यो विशाल संख्याले गुगलको मेसेजिङ सेवा र एप्पलको आइमेसेजसँग प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्ने बताइएको छ।

ूहामी मेसेजिङको उत्कृष्ट अभ्यास र अनुभव निर्माण गर्न चाहन्छौँ। मानिसहरू आफ्ना सन्देशहरू सरल, भरपर्दो, गोप्य र छिटो ढङ्गले पुगुन् भन्ने चाहन्छन्,ू फेसबुकको एउटा वक्तव्यमा भनिएको छ।

एकीकृत मेसेजिङ प्रणालीले कसरी काम गर्ला भन्नेबारे निकै धेरै छलफल र बहसहरू भएको थियो भन्ने कुरा पनि सो वक्तव्यमा उल्लेख छ।तीनवटै मेसेजिङ एपहरू एउटै प्रणालीभित्र ल्याउने प्रकृया सकिएपछि फेसबुकमा अहिलेभन्दा धेरै परिवर्तनहरू देखिनेछन्। जकरबर्गको यो अभियानले इन्स्टाग्राम र ह्वाट्सएपमा आन्तरिक कलह निम्त्याएको द न्यूयोर्क टाइम्सको दाबी छ। गत वर्ष यी दुवै एपका संस्थापकहरूले छाड्नुको पछाडि यो पनि एउटा कारण हुन सक्ने बताइएको छ।

प्रयोगकर्ताहरूको विवरण सुरक्षा र तिनको प्रयोग लगायतका विषयमा बारम्बार आलोचित बनेपछि फेसबुकको यस्तो निर्णय आएको हो। बीबीसी

माघ १२ गते, २०७५ - १५:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से सात अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ...   

मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी...   
नेपाललाई विश्वसामु विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ – प्रधानमन्त्री

नेपाललाई विश्वसामु विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ – प्रधानमन्त्री

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको...   

मानसरोवर यात्राका क्रमममा भारतीय यात्रुको निधन

रसुवा । मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ ।जिल्ला प्रहरी...   

मन्त्री यादव अनुपस्थित भएपछि विधेयक पारित भएन

काठमाडौं । औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा,...   

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः डोरी किनेको पसल भेटियो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । चितवन प्रहरीका...   

निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

काठमाडौं । निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी...   

घर भत्काएको विरोधमा नगरकोट बन्द

भक्तपुर । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय...   
इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर...   
उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

तनहुँ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top