Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी हुन् डण्डिफोर च्वाटै निको पार्ने ८ घरेलु उपाय

एजेन्सी । छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ ।तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ । डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्धपी यसको आगमनले मानिसको आकर्षणमा चिसो पना पैदा गर्छ ।अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन ।डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ, तर हामी यसपटक यहाँलाई दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने घरेलु उपायबारे जानकारी दिन्छौँ । ती उपायहरु यसप्रकार छन् स् १. बरफ: बरफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही सेकेण्ड राख्नुस अनि झिक्नुस । फेरी राख्नुस अनि फेरी झिक्नुस । यो प्रक्रिया केही समय दोहोर्याई रहनुस । यसो गर्दा डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा दुखाई कम हुन्छ । त्यतिमात्रै होइन यो प्रक्रियाले संक्रमित छालामा रक्तसञ्चार राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्धत समेत गर्छ । २ कागती: कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । तर यसका लागि ताजा कागती चाहिन्छ । बोतलमा राखिएको कागतीको बासी रसले काम गर्दैन । किनकी बासी रसमा अरु पनि रसायन हुने भएकोले यसले थप उल्टो असर गर्न सक्छ । त्यसकारण तपाईँ ताजा कागती लिनुस राती सुत्नु अघि सफा कपडाले कागतीको रसमा डुबाएर डण्डिफोर भएको छालामा लगाउनुस र अर्को दिन विहान सफा पानीले छाला सफा गर्नुस । यसले तपाईँको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ । ३. टूथपेस्ट: टूथपेस्टलाई पनि डण्डिफोर हटाउन प्रयोग गर्न सकिन्छ । तपाईँलाई हामीले माथिनै सिकाएको बरफको उपाय पछि यो उपाय प्रयोग गर्नुभयो भने अझ प्रभावकारी हुन्छ । टूथपेष्टलाई राती सुत्ने बेलामा डण्डिफोरमा लगाउनुस र विहान सफा पानीले मुख धुनुस । तपाईँको डण्डिफोर सुन्निने अवस्थामा कम हुनेछ । यसलाई दिउसो पनि प्रयोग गर्न सकिन्छ । तर याद गर्नुस टूथपेष्ट कम्तिमा आधा घण्टा तपाईँको डण्डिफोरमा रहनै पर्छ । ४.पानीको बाफ: बाफ छालाको उपचारको लागि एकदम प्रभावकारी मानिन्छ । यसले छालाको प्वालहरु खोल्छ र यसमा जम्मा भएको तेल, फोहर किटाणुहरु हटाउछ । ठूलो भाडामा तातो पानी राख्नुस र १०९१५ मिनेटसम्म बाफ तपाईँको डण्डिफोर संक्रमित छालामा पर्न दिनुस । त्यसपछि तातो पानीले सफा गरी छाला सुख्न दिनसु अनि तेलरहीत मोस्चराइजर प्रयोग गर्नुस । ५.लसुन: लसुनमा पाइने सल्फरले डण्डिफोरलाई चाँडो निको पार्न मद्धत गर्छ । लसुनको पोटीलाई दुईपिस गरी त्यसलाई डण्डिफोरमा लगाउनुस करीब ५ मिनेट पछि सफा मनतातो पानीले छाला सफा राख्नुस । यो प्रक्रिया हरेक दिन ३९४ पटक दोहोरयाउनु चाँडो ठिक हुन्छ । लसुन हरेक दिन एक पोटी खाने गर्नाले तपाईँको रगत सफा गर्न मद्धत गर्छ । ६.मह:  महमा हुने प्राकृतिक एन्टीव्याक्टेरियल विशेषताले छालाको संक्रमण हुन नदिनुको साथै संक्रमण निको गर्न मद्धत गर्छ । सफा कपडालाई महमा डुवाएर संक्रमित छालालाई छोपेर राख्नुस र करीब आधा घण्टा मनतातो पानीले छाला सफा गर्नुस । यो प्रक्रिया हरेक दिन २ ३ पटक गर्नुस । त्यस्तै दालचिनी र महलाई मिसाई लेप बनाएर छालामा लगाउने गर्नाले पनि डण्डिफोर चाँडो निको हुन्छ । ७. काँक्रो: काँक्रोमा पाइने भिटामिन ए सी र इ तथा यसको चिसो बनाउने विशेषताले छालाको लागि एकदमै फाइदा जनक छ । काँक्रोको सानो सानो टुक्रा बनाई त्यसलाई सफा पानीमा भिजाउनुस । यसो गर्दा यसमा भएको भिटामिन ए, पोटासियम र क्लोरोफिल पानीमा जान्छ । यो पानी पिउनुस अथवा छालामा लगाउनुस । अथवा काँक्रोलाई पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउनुस । करीब १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्नुस । यसले छालामा हुने फोहोर तेल र किटाणु हटाउछ । ८. मेवा: मेवामा हुने भिटामिन ए , इन्जाइम तथा यसको जलन कम गर्ने र छाला मुलायम बनाउने विशेषता ले गर्दा यसलाई छालारोग उपचारको लागि प्रयोग गर्न सकिन्छ । मेवा पिधेर त्यसको जुस छालामा डण्डिफोरमा लगाएर १५२० मिनेट छाडिदिनुस र त्यसपछि सफा मनतातो पानीले सफा गर्नुस अथवा मह र मेवा मिसाई लेप बनाउनुस त्यसलाई छालामा लगाउनुस र सुक्नन दिनुस । सुकेपछि मनतातो पानीले सफा गर्नुस तपाईँको छालामा निस्केका विविरा तथा डण्डिफोर हराएर जान्छ । नेपालीपत्रबाट साभार ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies