Khabar Dabali Logo
  August 22, Thu

किन रोकियो चिलिमे– त्रिशूली प्रसारण लाइनको काम ?

काठमाडौँ। चालू आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्नुपर्ने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको काम रोकिएको छ ।

वन क्षेत्रमा पर्ने टावर निर्माणमा समस्या उत्पन्न भएपछि सो आयोजनाको कामसमेत निर्धारित समयमा सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ । डिभिजन वन कार्यालय रसुवाले मन्त्रिपरिषद्ले स्वीकृति नदिएको, आयोजना र वन कार्यालयबीच रुख बिरुवा हटाउने र वन क्षेत्रको जग्गा प्रयोगसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर नभएको बताएको छ ।

रुख नभएको नाङ्गो डाँडामा टावरको जग खन्न शुरु गरेको भए पनि स्वीकृति नलिएको भन्दै वन कार्यालयले रोक लगाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । तोकिएको समयमा प्रसारण लाइन निर्माण हुन नसके त्यस क्षेत्रमा निर्माण भइरहेका करीब १७० मेगावाट क्षमताका आयोजनाको विद्युत् खेर जाने चिन्ता प्राधिकरणलाई छ । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “नाङ्गो डाँडामा समेत काम गर्न पाइँदैन अनि कसरी प्रसारण लाइनको निर्माण गर्नु रु” कुल २७ किलोमिटर लामो उक्त प्रसारण लाइन आगामी असार मसान्तभित्र निर्माण सक्नुपर्ने बाध्यतामा प्राधिकरण छ ।

डिभिजन वन कार्यालय रसुवाका प्रमुख शोभा शर्माले मन्त्रिपरिषद्ले निर्णय नगरेको र आयोजनासँग कुनै पनि सम्झौता नभएकाले कानूनअनुसार नै हुने बताउनुभयो । उहाँले ‘राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७४’ अनुसार नै आफूहरुले काम गर्ने जानकारी दिनुभयो ।

“मन्त्रिपरिषद्ले निर्णय गरेर, वन तथा वातावरण मन्त्रालय, वन विभाग हुँदै सम्झौताका लागि आएको खण्डमा हामी प्रसारण लाइन निर्माणमा सहजीकरण गर्न सक्र्छांै । वन क्षेत्रको जग्गा प्रयोग गर्न आवश्यक स्वीकृति लिनुपर्ने व्यवस्था वन ऐनले गरेको छ”, रासससँग कुरा गर्दै प्रमुख शर्माले भन्नुभयो ।

प्रसारण लाइनको निर्माण तोकिएको समयमा नसकिएमा चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन ११० मेगावाट क्षमताको रसुवागढी, ४२।५ मेगावाट क्षमताको साञ्जेन, १४।८ मेगावाटको माथिल्लो साञ्जेनलगायतका आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या हुने देखिएको छ । प्रसारण लाइन निर्माण सम्पन्न नभई विद्युत् खेर जाने अवस्था आएमा प्राधिकरणले ती आयोजनालाई क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान विद्युत् खरीद सम्झौतामा छ ।

वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा कटानको निर्णय गर्न मन्त्रिपरिषद्बाट समय लाग्ने र यसबाट काम प्रभावित हुने देखिएपछि आयोजनाले रुखबिरुवा काट्नु नपर्ने स्थानीय गत्लाङ–ग्रेबीचमा पर्ने घलेदरबार क्षेत्रमा ६ नम्बर टावरको जग खन्न शुरु गरेको थियो तर, वन कार्यालयले वन क्षेत्रको जग्गाको भोगाधिकारको निर्णय नभएसम्म काम रोक्न भनेको आयोजना प्रमुख केदार सिलवालले बताउनुभयो । “भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने छ, भिरैभिर भएकाले सामान लैजान पनि गाह्रो छ । यो हिउँदमा काम गर्न सकिएन भने निर्माण नै प्रभावित हुने अवस्था आएको छ”, सिलवालले भन्नुभयो ।

रुख काट्नु नपर्ने ठाउँमा काम शुरु गरेको भए पनि वन कार्यालयले स्वीकृति लिएर मात्रै प्रक्रिया अगाडि बढाउन आग्रह गरेपछि निर्माण रोकिएको उहाँको भनाइ छ । रुख बिरुवा नभएको स्थानमा सात÷आठ टावरको जग राख्न सक्ने अवस्था रहेको भए पनि ती क्षेत्रमा समेत काम हुन नसकेको गुनासो आयोजनाले गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणमा टावर ठड्याउन नै धेरै समय लाग्ने गरेको छ ।

प्रसारण लाइनको टावर रहने स्थानमा पर्ने ४१ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्ने र त्यहाँ रहेका चार हजार रुख बिरुवा हटाउने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश भएको छ । एक साता पहिले उक्त प्रस्ताव पेश भएको र आवश्यक निर्णय भने भई नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।

रु तीन अर्ब ५० लाख लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैक ९केएफडब्लु० र युरोपियन इन्भेष्टमेन्ट बैकको लगानी रहेको छ । प्रसारण लाइनको टावर रहने स्थान र मार्गमा पर्ने निजी जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भई वितरण भइरहेको आयोजनाले जनाएको छ । निजी जग्गा प्रयोगमा भने कुनै पनि समस्या नरहेको प्रमुख सिलवालको भनाइ छ ।

माघ ८ गते, २०७५ - १५:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न समाजवादी पार्टीका संघीय परिषद्...   

एसिया कपका लागि नेपाली टिमको घोषणा, को–को परे ?

काठमाडौं । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न...   
मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

चेङ्दु । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या...   

१८ महिनापछि प्रचण्डलाई पार्टी अध्यक्षता गर्ने बाटो खुल्यो

काठमाडौं । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच तथा उपचारका लागि सिंगापुर...   

१९ वर्षीया कलेजकी छात्रा बलात्कार गर्नेलाई मृत्युदण्ड

वासिङ्टन । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा...   
गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को...   
राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका...   

सोलुखुम्बु केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा...   

नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री...   

रवि लामिछानेका २२ समर्थकविरुद्ध मुद्दा, हिरासतभित्र के गर्दै बस्छन् रवि ?

चितवन । चितवन प्रहरीले पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top