Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालकाे स्पष्टिकरण- स्वीस बैंकमा हाम्रो खातै छैन

काठमाडौं । आईएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले कालो धन विदेशमा राख्ने नेपालीको सूचीमा आफू र आफ्नो परिवारको नाम जोडेकोमा आपत्ति जनाएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष ढकालले कुनै पनि स्वीस बैंकमा आफूहरुको नाममा खाता समेत नरहेको स्पष्टिकरण दिएका छन् । हेर्नुहाेस् प्रेस नोट सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपालमार्फत तयार गरी आजका सञ्चार माध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा हाम्रो पनि नाम जोडिन आइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझाई छ। प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमाहामी र हामीसँग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहि कतैबाट जोडिएको छैन्। हाम्रो कुनै पनि स्वीस बैंकमाखाता छैन्, हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैनन् र हाम्रो समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन्। कानुनले दिएका अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरि, हाम्रो सार्वजनिक छविमा क्षती पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसमा गम्भिर आपत्ती समेत प्रकट गर्दछौं। नेपालमा निजी कम्पनी स्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा हामीले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट हाम्रो स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु भएको हो । नेपाल माअनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले नेपाल राष्ट्र बैंकको स्वीकृतीलिई बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको हो । त्यस लगत्तै बेलायत लगायत अन्य देशहरुबाट पनि कारोवार गर्नका लागि १७जुन २००२ मा नेपाल राष्ट बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको हो । त्यसपछि नेपालीहरुको बाहुल्यता रहेका देशमा हामीले विभिन्न व्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं । त्यसको जानकारी हामीले हाम्रो वेवसाईटमा समेत राखेका छौं। यी कम्पनी स्थापना गर्नकालागि नेपालबाट लगानी बाहिर लगेको पनि होइन्। बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनीहो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं। अवैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउनहामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवत कसैले नजर अन्दाजगर्न मिल्दैन । नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिव १४ खर्व रुपैयाँ रेमिट्यान्स भित्राएका छ। यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको छ भने कुलग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको छ । कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको छ। आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, इन्सुरेन्स, जलविद्युत, होटल, चन्द्रागिरी केवलकार, डिस होम सेवा सम्म विस्तार भएको छ। आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनीएक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको हो। कम्पनी सुरुवात गरेपछि म (चन्द्रप्रसाद ढकाल) त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजिनामा दिएको हुँ। मेरो भाई हेमराज ढकालको सन्दर्भमाउनी गैर आवासिय नेपाली हुन्। उनले सन् ९० को दशकदेखि जापान,मलेसिया, बेलायत लगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएका छन्। विदेशमा रेमिट्यान्स सेवाविस्तार गर्नकालागि नेपालबाट मात्र गरेर सम्भवन हुने हुँदा भाई हेमराज ढकाल गैरआवासिय नेपालीको हैसियतमा नेपालीहरु भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवा पुयाउँदै आएका छन् । नेपालको कानुनले गैर आवासिय नेपालीलाई कम्पनी स्थापनागर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन् । कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरुको अहिलेको राष्ट्रियता बेलायतीहो। उहाँहरुले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ती जनाउनु पर्ने, गैरकानुनी हुनु नपर्ने हो। खोज पत्रकारितामा विख्यात आईसिआईजे जस्तो संस्थाको साझेदारीमा सिआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरिएको खोजमा यस्तो गम्भीर त्रुटी हुनु नपर्ने हो। त्यसमाथि बेलायतमा स्थापना गर्ने कम्पनी, त्यसले गर्ने व्यवसायिक देखि आर्थिक क्रियाकलाप सबैको पहुँचमा उपलब्ध हुन्छ। यसरी सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोज पत्रकारिताका नाममा हामी माथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको हामी स्पष्ट पार्न चाहन्छौं। चन्द्रप्रसाद ढकाल अध्यक्ष, आइएमई ग्रुप मिति ः २०७५।१०।०३
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies