Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत आउँने रकम घट्यो

काठमाडौँ। मुलुकको विकास–निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ । नेपालको सामाजिक–आर्थिक विकासका द्विपक्षीय एवं बहुपक्षीय साझेदारले अघिल्लो आर्थिक वर्षमा अधिक सहायता परिचालन गरेका र त्यो आव २०७३र७४ को तुलनामा १६ प्रतिशतले बढेको छ । त्यसैगरी अघिल्लो आवको तुलनामा ऋण सहायतामा वृद्धि भएको छ भने प्राविधिक सहयोगमा केही कमी आएको छ । साथै सरकारले वैदेशिक सहयोग परिचालनमा पूर्ण पारदर्शिता अपनाउने विषयलाई मूलमन्त्रका रूपमा लिएको छ । दातृ निकायलाई उनीहरूका प्राथमिकताअनुसार खर्च गर्न खोज्ने प्रवृत्तिको अन्त्य गर्दै नेपाल सरकारका विकासका प्राथमिकतामा सघाउन र राष्ट्रिय बजेट प्रणालीमा आउन सरकारले विशेष जोड दिएको छ । नेपालको विकासका साझेदारले आव २०७४ र ७५ मा एक अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबरको विकास सहायता परिचालन गरेका थिए भने आव २०७३र७४ मा वैदेशिक सहायता एक अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलरमा सीमित भएको थियो । बहुपक्षीय साझेदार विश्व बैंक र द्विपक्षीय साझेदार संयुक्त अधिराज्यबाट सर्वाधिक सहायता जुटेको अर्थमन्त्री युवराज खतिवडा बताउछन् । उनका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत उपलब्ध हुने रकम भने घटेको छ । आव २०७३र७४ मा १८ करोड ६५ लाख ३० हजार अमेरिकी डलर परिचालन भएकामा गत आवमा ११ करोड तीन लाख अमेरिकी डलरमात्र प्राप्त भएको छ । “कुल वैदेशिक सहायता रकममा ऋण सहायताको अंश ५०.५ प्रतिशत, अनुदान सहायताको ३५।१ प्रतिशत र प्राविधिक सहयोगको मात्रा १४.४ प्रतिशत रह्यो”, अघिल्लो आवको प्रगति आँकडा प्रस्तुत गर्दै उनी भन्छन् । सरकारले प्राप्त गर्ने वैदेशिक सहायताको परिचालनमा पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले बितेका आठ वर्षदेखि अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाले प्रकाशन गर्दै आएको विकास प्रतिवेदन सार्वजनिक गरेपछि उनले भूकम्पपछिको पुनःनिर्माणका निम्ति कबोल गरेअनुरूपको रकम भने प्राप्त नभएको बताए । “हामीलाई रु नौ खर्ब चाहिने हो, किफायतका साथ काम गर्दा रु सात खर्ब नभइ नहुने रकम हो तर रु दुई खर्ब ६० अर्बको मात्र सम्झौता भएको छ”, दातृ राष्ट्रले पुनः निर्माणमा उनीहरूका उत्पादनको उपयोग र परामर्शदातासमेत नियुक्त गर्न खोजेकाले प्रतिबद्धताअनुसारको रकम प्राप्त हुन नसकेको आशङ्का व्यक्त गर्दै उनले भने । प्रतिवेदनअनुसार दातृ नियकायबाट प्राप्त सहयोगमध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणालीमार्फत प्राप्त भएको छ भने २२ प्रतिशत सहायता राशि उक्त प्रणाली बाहिरबाट भएको छ । परिचालित सहायतामध्ये ४५ प्रतिशत अर्थात् लैङ्गिक उत्प्रेरणासम्बन्धी कार्यक्रमका लागि ७२ करोड ७० लाख अमेरिकी डलर प्राप्त भएको छ । बहुपक्षीय विकास साझेदारमध्ये विश्व बैंक समूहले सबैभन्दा बढी ५३ करोड ३५ लाख अमेरिकी डलर प्रवाह ग¥यो भने एशियाली विकास बैंकले २९ करोड १७ लाख, युरोपेली सङ्घबाट ११ करोड ७८ लाख, संयुक्त राष्ट्रसङ्घ समूहबाट छ करोड ५६ लाख र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको एक करोड ५८ लाख अमेरिकी डलर प्राप्त भएको छ । त्यसैगरी द्विपक्षीय विकास साझेदारमध्ये सबैभन्दा बढी संयुक्त अधिराज्यबाट १२ करोड ३९ लाख अमेरिकी डलर प्राप्त भएको छ भने त्यसपछि अधिक सहायता परिचालन गर्नेमा अमेरिका, जापान, चीन र भारत छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies