Khabar Dabali Logo
  June 18, Tue

जापानी चामल बिक्री नभएपछि मुल्य कम गर्न प्रस्ताव

जाजरकोट। जाजरकोट–डोल्पा मोटरबाटो ट्र्याक खुलेपछि डोल्पामा दैनिक उपभोग्य सामग्रीमा मुल्य घटेसँगै चामलको मूल्य पनि घटेको छ ।

यातायातको पहुँच बढेसँगै बजारमा पाइने चामलको मूल्य घटेपछि नेपाल खाद्य संस्थानको चामल महँगो भएको भन्दै नबिकेपछि संस्थानले नयाँ मूल्य निर्धारण गर्न केन्द्रसँग प्रस्ताव गरेको छ । जाजरकोट–दुनै मोटरबाटोको धेरै खण्डमा ट्र्याक खुलिसकेको छ ।

सुम्पानीदेखि दुनैसम्म मोटरबाटोको ट्र्याक खोल्ने कार्य सोमबारबाट शुरु भइसकेकाले ढुवानी र यात्राका लागि अझै सहज हुने भएपछि खाद्यको जापानी चामल महँगो भनी खरीद नभएको हो ।

जाजरकोट–दुनै सडकको ठाउँ ठाउँमा रहेका विभिन्न खोला र नदीमा पुल निर्माण नभएपनि खण्डखण्ड गरेर स्थानीयरूपमा जीप र ट्र्याक्टर चलेकाले यात्रा र ढुवानी खर्च पहिलेको भन्दा ३० प्रतिशतले घटेको व्यापारी गोपाल केसीले बताए ।

जिरामसिनोलगायत विभिन्न मसिनो चामल दुनै बजारमा प्रतिकेजी रु ५१ मा पाइने गरेको केसीको भनाइ छ । केही वर्ष अघि प्रतिकिलो रु ५५ मा पाइने जापानी चामल नेपाल खाद्य संस्थानले गत आर्थिक वर्षमा मूल्य बढाएर प्रतिकिलो रु ६५ पु¥याएको थियो ।

सो मूल्य महँगो भएको भन्दै सर्वसाधारणले चामल खरीद नगरेपछि मूल्य घटाएर प्रतिकेजी रु ६१ मा झारिएको र सो मूल्यमा पनि बिक्री नभएपछि मूल्य घटाएर प्रतिकेजी रु ५६ बनाइएको थियो । सर्वसाधारणले अझै महँगो भनी खरिद नगरेपछि पुनः मूल्य घटाएर प्रतिकेजी रु ४५ प्रस्ताव गरी पठाइएको संस्थान डोल्पा शाखाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए । उनका अनुसार बजारमा पाइने चामलको मुल्य प्रतिकेजी रु ५१ रहेको छ । जापानी चामल मधुमेहका बिरामीले समेत खाना मिल्ने उनले बताए ।

संस्थानको गोदाममा जापानी चामल अघिल्लो आर्थिक वर्षकै बाँकी रहेको छ । संस्थानको शाखा कार्यालय दुनैमा ५८५ क्विन्टल, सर्मी डिपोमा १३८ क्विन्टल र जुफाल गोदाममा २८१ क्विन्टल र काइगाउँ डिपोमा १०० क्विन्टल जापानी चामल मौज्दात रहेको छ ।

लामो समयसम्म महँगोकै कारण चामल थन्किने कार्यलाई हल गर्न प्रतिकेजी रु ४५ को नयाँ मूल्य प्रस्ताव गरी केन्द्रीय कार्यालयमा पठाएको संस्थान प्रमुख पाण्डेले जानकारी दिए ।

मूल्य घटाएपछि जापानी चामल बिक्री हुने अपेक्षा लिएको पाण्डेले बताए । पहिलेको जस्तो खाद्यान्न नपाएर हैरान हुने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । सडकको ट्र्याक खुलेसँगै दैनिक उपभोग्य सामग्री सहजरूपमा आपूर्ति भएकाले पहिला जस्तो समस्या केही कुरामा पनि नहुने पत्रकार सुकमाया थापाले बताए ।

पहिला जहाजबाट खरीद गर्दा वस्तुको मूल्यभन्दा भाडा बढी हुँदा सामग्री महँगो थियो । अहिले भाडा ह्वातै घट्दा दैनिक उपभोग्य वस्तुको मूल्य पनि घटेको उनको भनाइ छ ।

पुस २६ गते, २०७५ - १३:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार...   

गुठी विधेयक विवादः सत्ता पक्षकै सांसद पक्ष र विपक्षमा

काठमाडौं । राष्ट्रियसभाका सांसदले गुठीसम्बन्धी विधेयकको पक्ष र विपक्षमा विभाजित भई आ–आफ्नो धारणा...   

काठमाडौँ–केरुङ रेलमार्गः नेपाली टोली चीन प्रस्थान, बल नेपालको कोर्टमा

काठमाडौं । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल...   
माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो...   
होटल हायातको कर्मचारी पाँच दिनदेखि आन्दोलित, होटलको सम्पुर्ण सेवा ठप्प

होटल हायातको कर्मचारी पाँच दिनदेखि आन्दोलित, होटलको सम्पुर्ण सेवा ठप्प

काठमाडौं । होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको...   

२०० मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारीमा भारत

नयाँदिल्ली । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना...   

प्रतिनिधिसभामा पाँच वटा खर्च कटौतीको प्रस्ताव

काठमाडौं । विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलमा उद्योग, वाणिज्य तथाका आपूर्ति,...   
क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौँ । नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)0 ले आज त्रिभुवन...   

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्न, कहिलेबाट सञ्चालन हुने

वीरगञ्ज । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म...   
पार्टी एकताप्रति सहमति र इमान्दारिसाथ उभिनुपर्छ – अध्यक्ष प्रचण्ड

पार्टी एकताप्रति सहमति र इमान्दारिसाथ उभिनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top