Khabar Dabali Logo
  May 24, Fri

अचम्म : एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री

टोकियो । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन्।

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो। यो माछा प्रतिकेजी करीब रु १२ लाख ४९ हजार पर्नेछ।
अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो। नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो। सो माछा दुई सय ७८ किलोको भएको बताइएको छ। विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो।

‘टुना किङ’ को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोसी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए। यसअघि सन् २०१३ मा पनि कियोसीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए। ‘यो सबैभन्दा उत्तम टुना हो। मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,’ जापानमा सुसी रेष्टुराँका मालिक कियोसीले गर्वसाथ समाचारदाताहरुलाई बताए।

‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,’ उनले बताए। चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्छ।

-नागरिकबाट

पुस २२ गते, २०७५ - ११:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

काठमाडौं । समाचार संकलनका क्रममा म मन्त्रालय ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय’ पुगेको थिएँ...   

चाणक्यका १५ भनाई –मनन गर्नुहोस्, जिवन हराभरा हुन्छ

१. कुनै काम शुरु गर्नु भन्दा पहिला तीन वटा सवाल जरुर सोध्नुहोस् । म यो किन गर्न गइरहेको छु ? यसबाट के...   
कण्डमका रोचक किस्सा यस्ता छन्

कण्डमका रोचक किस्सा यस्ता छन्

काठमाडौं । यौनकार्य गर्दा गर्भ नबसोस् भन्ने उद्देश्यले पुरुषले प्रयोग गर्ने कण्डम सबैभन्दा पहिला...   

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : ओनसरी

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको...   
आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने...   
सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

एजेन्सी । हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ। शनिवार संसदमा सुपुरर्दगी सम्बन्धमा...   
डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

काठमाडौं । बिहीवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा...   
पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा । अवतरणका क्रममा पोखरा विमानस्थलमा एउटा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो...   

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी ५ व्यवहार

संसारभरि नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले...   

आज सरकारको नीति कार्यक्रम पारित हुँदै –प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ। दुबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top