Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नासाको पछिल्लो अभियान धेरै महत्त्वपूर्ण

अमेरिकी स्पेस एजेन्सीको अभियान ‘न्यू होराइजन्स’ ले सौर्यमण्डलको बाहिरी भागमा रहेको अल्टिमा टुली नामको पिण्ड नजिकैबाट यात्रा गरेपछि पृथ्वीसँग सम्पर्क गरेको छ । न्यू हराइजन यान करिब साढे ६ अर्ब किलोमिटर टाढा पुगेको छ। यो नै हालसम्म सौर्यमण्डलको सबभन्दा टाढा पुगिएको घटना हो। के छ सन्देश ? उक्त पिण्ड नजिकैबाट गुज्रँदा न्यू हराइजनले ठूलो परिमाणमा फोटो खिच्नुका साथै अन्य अवलोकन गरेको थियो। ती सामग्री अब उसले आउँदा महिनाहरूमा पृथ्वीमा पठाउने छ। उक्त रोबट यानले पठाएको रेडियो सन्देश स्पेनको मड्रिडस्थित नासाको एउटा ठूलो एन्टेनाले प्राप्त गरेको थियो। अल्टिमाबाट पृथ्वी आइपुग्न मात्र पनि सो रेडियो सन्देशलाई ६ घण्टा ८ मिनेट लागेको थियो। म्यारिल्याण्डस्थित जन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स लेबोरेटरीका नियन्त्रकहरूले सो रेडियो सिग्नल प्राप्त भएपछि निकै खुसी मनाए। \'हाम्रो अन्तरिक्ष यान स्वस्थ छ। हामीले भर्खरै सबभन्दा परको भ्रमण गर्‍यौँ,\' उक्त अभियानकि सञ्चालन व्यवस्थापक एलिस बोम्यानले बताइन्। उक्त पहिलो सन्देशमा केवल यानको अवस्थाबारे जानकारी दिने इञ्जिनियरिङ जानकारी थियो। तर त्यसले न्यू हराइजनले पूर्व निर्देशनबमोजिम सफलतापूर्वक स्वचालित यात्रा र अवलोकन सम्पन्न गरेको देखायो। के हो अल्टिमा ? अल्टिमा पिण्ड काइपर बेल्ट भनिने क्षेत्रमा रहेको छ। त्यहाँ रहेका जमेका पिण्डहरूले सूर्यलाई परिक्रमा गर्छन्। तिनीहरू सबभन्दा परको आठौँ ग्रह नेप्च्युनभन्दा पनि २ अर्ब किलोमिट टाढा छन्। पहिले ग्रह मानिने प्लुटोभन्दा पनि सो क्षेत्र डेढ अर्ब किलोमिटर पर छ। न्यू हराइजन यान सन् २०१५ मा प्लुटो नजिक पुगेको थियो। काइपर बेल्ट क्षेत्रमा अल्टिमा जस्ता लाखौँ पिण्डहरू रहेको अनुमान छ। ती जमेका ढिक्काहरूमा साढे ४ अर्ब वर्ष पहिले सौर्यमण्डलको निर्माण ताका का अवस्थाहरूबारे जानकारी मिल्ने सूचना हुन सक्ने ठानिन्छ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies