Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कुनै पनि नयाँ कुरा जम्मा २० घन्टामा कसरी सिक्ने ? पढ्नुहोस् सजिलो उपाय

तपाईँ रुसी भाषा सिक्नुस् वा अरेबिक। अथवा कवान्टम फिजिक्सनै सिक्नुस्। कुनै पनि नयाँ कुरा निकै कठिन लाग्न सक्छ तर हाम्रो दिमाग जे सिक्न पनि तयार हुन्छ र छिटो सिक्छ।

कमसेकम सिक्ने प्रक्रियाको सुरुवाती चरणमा। कुनै पनि नयाँ विषय वा सीपको सिकाइमा पहिलो २० घन्टा निकै उत्पादनशील र छिटो हुने विभिन्न अनुसन्धानले देखाएको छ।

कुनै पनि सूचना नयाँ छ भने हाम्रो दिमागले छिटो त्यसलाई ग्रहण गर्छ। यतिबेला नयाँ कुरा सिक्ने उत्कट चाहना र नयाँ उत्तेजनाप्रति दिमागले प्रतिक्रिया दिन सक्ने क्षमताका कारण दिमागको गति सबैभन्दा उच्च रहने बताइन्छ।

 दिमागले नयाँ विषयवस्तु र जानकारीहरू कसरी बटुल्छ भन्नेबारे अध्ययन गर्ने १९औँ शताब्दीका जर्मन दार्शनिक तथा मनोविद् हर्मन एबिन्गस पहिलो व्यक्ति हुन्।उनले नयाँ सीप र त्यसको सिकाइमा लाग्ने समयको सम्बन्धबारे सिकाइको अवस्थाको अवधारणा ल्याएका थिए।

हर्मन एबिन्गसको सिकाइसम्बन्धी यो रेखामा यदि \'वाइ\' लाई ज्ञान र \'एक्स\' लाई समय मान्ने हो भने सिकाइका पहिला घण्टाहरूमा मानिसले कति सिक्छ भन्ने देखिन्छ।
उनले सो कुरा स्पष्ट पार्न एउटा ग्राफमा ज्ञानलाई ठाडो \'वाइ\' एक्सिस र समयलाई तेर्सो \'एक्स\' एक्सिसमा राखे।

 एबिन्गसले पहिलो केही घन्टामा नयाँ कुरा सिक्नमा जति बढी समय बितायो त्यति नै बढी ज्ञान हासिल भएको अनुभव गरे।ग्राफमा रहेको रेखा सीधै माथि पुगेको उनले बताएका थिए।

तर केही समयपछि दिमागको सिक्ने क्षमतामा क्रमश कमी आउने र नयाँ कुरा सिक्ने र दिमागमा सुरक्षित राख्ने सन्दर्भमा उल्लेख्य कमी आउने देखे।

जब तपाईँ केही सिक्न पहिला सुरु गर्नुहुन्छ, तपाईँ सबैभन्दा उत्पादनशील हुनुहुन्छ।
आजभोलि एबिन्गसको ग्राफ नयाँ सीप सिक्न लाग्ने समयको अनुमान लगाउन र व्यापारिक क्षेत्रमा उत्पादनशीलताको विश्लेषण गर्न उपयोग गरिँदै आएको छ।

जब हामी नयाँ कुरा सिक्न थाल्छौँ सुरुवाती २० घन्टाको समय निकै प्रभावकारी र उत्पादनमुलक बन्छ किनभने जब हामी नयाँ विषयवस्तुसँग सम्पर्कमा आउछौँ हाम्रो दिमागले त्यसबारे प्रतिक्रिया दिन सुरु गर्छ र त्यसबारे पर्याप्त जानकारीहरू संग्रहित गर्छ।

समय लम्बिदै जाँदा ती विषयवस्तु दोहोरिन थाल्छन् र दिमागको प्रतिक्रिया दिने क्षमतामा कमी आउँछ। त्यसै कारण कुनै नयाँ कुराहरूको अध्ययन गर्दा जति नै जटिल लागे पनि त्यसबारे सुरुमै धेरै र चाँडो सिक्छौँ।

सिक्ने फरक फरक तरिका

अमेरिकी लेखक जोश कोफमान जो उत्पादनशीलता सुधारका उपायहरू सिकाउँछन् उनी सिकाइका यी सुरुवाती समयको शक्तिबारे दृढ विश्वास राख्छन्।

यही विश्वासको आधारमा उनको पुस्तक \'द फर्स्ट ट्वान्टी आवर्सस् मास्टरिङ द टफेस्ट पार्ट अफ लर्निङ एनिथिङ\' सबैभन्दा धेरै विक्री भएको पुस्तक बन्न सफल भयो।

अध्ययनका लागि समय जुटाउनुस्स् त्यसले तपाईँलाई ज्ञानको एउटा नयाँ तहमा पुर्याउँछ।
सो किताबमा सिकाइका २० घन्टालाई दैनिक ४५ मिनेटको हिसाबले एक महिनामा बाँडे।

उनी भन्छन्, \'तिमी विज्ञ नै त बन्दैनौ। तर २० घन्टाको पक्का कामपछि नयाँ कुरा सिक्न तिमीले भोगिरहेको चुनौती र त्यसले तिमीमा जगाउने निराशाबाट मुक्ति पाउनेछौ। र, एकपटक तिमी सक्षम भएपछि त्यसलाई निखार्दै अघि बढ्न सक्छौ।\'

 नयाँ कुरा सिक्ने अर्को नयाँ तरिका भनेको \'फाइभ आवर रुल\' हो।जसअन्तर्गत हप्तामा पाँच दिन दैनिक एक घन्टा नयाँ कुराहरूको अध्ययन गर्ने हो।

संयुक्त राज्य अमेरिकाका संस्थापक बेन्जामिन फ्र्याङ्कलिन दैनिक निश्चित समय नयाँ ज्ञान हासिल गर्न र सोच्न छुट्याउने अभ्यासमा वकालत गर्ने प्रखर व्यक्ति हुन्।

बेन्जामिन फ्र्याङ्कलिनले विद्यालयमा जम्मा तीन वर्ष बिताए, तर उनी जीवनभर पढिरहे र उनी आफ्नो जिज्ञासु दिमागलाई ज्ञान दिइरहे। उनी सोमवारदेखि शुक्रवार दैनिक एक घन्टा केही नयाँ ज्ञान हासिल गर्न बिताउनु पर्ने बताउँथे।

 विज्ञहरूका अनुसार यदि हामी पाँच घन्टे नियममा अडिग रहन सक्यौँ भने हरेक चार घन्टामा नयाँ सीप सिक्न सक्छौँ।सिकाइका लागि समय तोक्ने अवधारणाका विश्वभरी हजारौँ समर्थकहरू छन् र यसका अनेक उपायहरू पनि छन्।

तपाईँ यदि आश्वस्त हुनुभएन भने कोशिश गरी हेर्नुस्, तपाईँ ४ घण्टामा के के सिक्न सक्नुहुन्छरु
विश्वका अति सफल व्यापारीहरू ओपरा विनफ्रे, बिल गेट्स, इलोन मस्क, वारेन बफेट वा मार्क जुकरबर्गलाई सफलताको कारणबारे सोध्दा उनीहरूले सिकाइका लागि दैनिक निश्चित समय दिने गरेको बताएका छन्।

सिक्ने चाहना र त्यसको लागि अनुशासन कायम गरे निरन्तर ज्ञान आर्जन गर्न सकिन्छ। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies