/  Thu, February 21, 2019

तातोपानीको मितेरी पुलको निर्माणकार्य शुरु, कहिलेसम्ममा बन्ला ?

सिन्धुपाल्चोक । विसं २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुख्खा पहिरोले क्षतिग्रस्त नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा साविकै स्थानबाट पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

चीनको सरकारी निर्माण कम्पनी टाइन सुन रोड एण्ड ब्रिज कम्पनीले निर्माणकार्य थालनी गरेको सो पुलको २०७६ जेठको दोस्रो सातामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भूकम्पले क्षति पु¥याएको पुलमाथि राखिएको बेलिब्रिजको सामान हटाउने काम भइरहेको र कामदार सबै चिनियाँ रहेको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

बाह्रविसे–तातोपानी २९ किमी सडकखण्ड र लार्चास्थित सुख्खा बन्दरगाहको काम चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी फोर्टिन ब्यूरोले गरिरहेको छ । उक्त दुवै काम पनि आगामी जेठको दोस्रो साता अर्थात् मे २०१९ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । साविक आठ मिटर चौडाइलाई बढाएर सडक तथा पुललाई अब १२ मिटर चौडाइमा विस्तार गरिने भएको छ । सडक र पुलको काम शुरु भएसँगै साढे तीन वर्षदेखि बन्द तातोपानी नाका चाँडै खुल्ने सङ्केत मिलेको छ ।

तातोपानी र रसुवागढीको सीमा पुल बनाइ दिने चीन सरकारको प्रस्तावलाई २०७५ जेठ २७ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । चीन सरकारले सन् १९६० मा कोदारी–काठमाडौँ ११४ किमी सडक बनाइदिने सम्झौताअनुसार निर्मित मितेरी पुललाई २०३८ सालको बाढीले बगाएपछि चीनकै सहयोगमा सो पुलको साथै झिर्पू पुलसमेत पुनःनिर्माण भएको थियो ।

मंसिर २० गते, २०७५ - ११:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६ प्रदेशका प्रमुखहरु किन पुगे शीतलनिवास ?

६ प्रदेशका प्रमुखहरु किन पुगे शीतलनिवास ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ६ वटा प्रदेशका प्रदेश प्रमुखहरु शितल निवासमा पुगेका...   
फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन्...   

‘बाँदर समाऔँ अभियान’ सुरू

खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ ।  केही वर्षयता किसानले लगाएका अन्नबाली...   

डा. गोविन्द केसी फेरि अनसन बस्ने चेतावनी, हेर्नुहोस् विज्ञप्ति

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयनको माग...   

नेता पराजुलीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ। नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त...   
कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?

कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?

भारत । कश्मीर विश्वमा सबैभन्दा बढी सैनिकीकृत क्षेत्रमध्ये एक हो। त्यहाँ भारत र पाकिस्तानजस्ता दुई...   

सुन तस्करिका केही ठूला माछाहरु अझै पनि जाल बाहिरनै छन् – गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीमा संलग्नलाई पक्राउ गर्ने प्रक्रिया जारी रहेको...   
दश ग्राम ब्राउन सुगरसहित छ जना पक्राउ

दश ग्राम ब्राउन सुगरसहित छ जना पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ...   

ट्रम्पको कार्यकालमा राष्ट्रिय ऋणको भार अहिलेसम्मकै उच्च, रिपब्लीकन पार्टी भने चुपचाप

वासिङ्टन। अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार...   

वर्तमान सरकार पुर्ण रुपमै असफल भएको डा. भट्टराईको दाबी

रुकुम। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्राईले गर्नैपर्ने र सजिलो काम पनि गर्न नसको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top