Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या गरेपछि...

जनकपुर। महिलाको शंकास्पद मृत्यु प्रकरणमा बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या भएको छ । विदेह नगरपालिका ५, मुडिवाका ६५ वर्षीय मांगैन ठाकुरको बिहीबार शव भेटिएको हो । उनी बिहीबार जिल्ला अदालत धनुषामा बकपत्र गर्न जाने योजनामा थिए । छोरा प्रदीपका अनुसार मांगैन बुधबार साँझ साढे ६ बजे खाना खाएर घुम्न निस्केका थिए । परिवारले रातभर खोजतलास गर्दा पनि उनी भेटिएनन् । बिहीबार बिहान घरबाट दक्षिणतर्फ स्कुल अगाडिको खाल्टोमा परालले छोपिएको अवस्थामा शव फेला पर्‍यो । उनको घाँटी, अनुहार र आँखामा गहिरो चोट छ । मुद्दाको साक्षी प्रमाण नष्ट गर्न उनको हत्या भएको परिवारले दाबी गरेको छ । प्रदीपले भने, ‘वास्तविकता प्रहरी अनुसन्धानबाट खुल्नेछ । तर बकपत्र गर्न आउनुपूर्व मेरो पिताको हत्या भयो । यो शंकाको विषय हो कि होइन ?’ वडाध्यक्ष विजय यादवले पनि मांगैनको हत्या भएको दाबी गरे । उनले भने, ‘अनुहारमा धारिलो हतियारले काटेको निसान छ । पोस्टमार्टमपछि वास्तविकता थाहा हुन्छ ।’ सोही स्थानकी मोहनी देवीको १४ महिनाअघि मृत्यु भएको थियो । पति लक्ष्मी मण्डलले उनको हत्या भएको दाबी गर्दै भाइ रामबहादुर मण्डल, भाइबुहारीहरू तेतरी भन्ने अमिरकला, इन्दिरा तथा मनतोरियाविरुद्ध किटानी जाहेरी दिएका थिए । आरोपीलाई जिल्ला अदालतले तारेखमा छोडेको छ । बकपत्र गर्न बिहीबार ठाकुरसहित १३ जना अदालत जान लागेका थिए । ‘मांगैन साँचो बोल्ने र सत्यका पक्षमा उभिने व्यक्ति थिए तर जनकपुरआउने पूर्वसन्ध्यामै हत्या गरियो,’ लक्ष्मी मण्डलले भने । विदेहका मेयर बेचन दासका भाइ लाखनदास मुद्दाको अनुसन्धान प्रभावित गर्न सक्रिय रहेको गाउँलेको आरोप छ । उनी आरोपीहरूको निकट सम्पर्कमा रहेको स्थानीयले दाबी गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनाको अनुसन्धान भइरहेको बताए । शवको पोस्टमार्टम र अनुसन्धानपछि मात्र केही भन्न सकिने उनको भनाइ छ । बकपत्र गर्न बिहीबार जिल्ला अदालतमा चार जना मात्रै हाजिर भएका छन् । राकेश मण्डल, ललित मण्डल, रामदेव मण्डल र विमल विराजी अदालत गएको लक्ष्मीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies